• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ असार २०८३, शुक्रबार
१९ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १८ घण्टा 

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • १८ घण्टा 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • १९ घण्टा 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • १९ घण्टा 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • २३ घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • १ दिन 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • १ दिन 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • १ दिन 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • २. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ४. एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन

  • ५. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • ७. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

  • ९. दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

  • १०. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

मुस्कुराउँदै महरा अदालतबाट निस्किएपछि…

admin २०७६, आश्विन, २८

काठमाडौं, २८ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराप्रति सहानुभूती जनाउने पूर्व माओवादी कार्यकर्ता नभएका होइनन् । तर, उनी जर्बजस्तीको प्रयासको अभियोगमा म्याद थपका लागि अदालत लगिंदा उनका समर्थक कोही देखिएनन् ।

सुरक्षाकर्मीको घेरामा रहेका महरा मुस्कुराउँदै अदालत प्रवेश गरे । कारमा राखिंदा पनि उनी मुस्कुराउँदै निस्किए । कुनै पीडाभाव नदेखाई महरा हाँस्दै गए । अन्य समयमा गम्भीर मुद्रामा देखिने महरा मंगलबार काठमाडौं जिल्ला अदालतमा लगिंदा र फर्काइँदा गम्भीर थिएनन् ।प्रायः सुट पाइन्ट र नेपाली टोपीमा देखिने महरा माओवादी हुँदाको जस्तै पहिरनमा थिए । सेतो टी सर्ट र नीलो पाइन्ट लगाएका थिए । चश्मा पहिरिएका उनी उमेरभन्दा कम जस्ता देखिन्थे । कालो जुत्ता टलक्क टल्काएका थिए ।

महरालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सुरक्षा दिएको थियो । अदालतले तीन दिनको म्याद थप्न अनुमती दिएपछि महरा सुरक्षा घेरामा निस्किएका थिए ।महराको पक्षमा कुनै नेता कार्यकर्ता अदालत पुगेका देखिएनन् । औंलाले गन्न सकिने शुभचिन्तक मात्र देखिएका थिए ।

महिलामाथि जर्बजस्ती जस्तो गम्भीर अभियोग लागेकाले उनको पक्षमा बोल्न नेकपाका पूर्व माओवादी हिच्किचाइरहेका छन् । उनको पक्षमा पूर्व माओवादी निकट रमण श्रेष्ठले बहस गरे ।यसअघि सरकारी वकिलको कार्यालयमा महरालाई बयानका लागि लगिएको थियो । त्यहाँ एक घन्टा राखेर बयानपछि अदालत लगिएको थियो ।

दसी प्रमाण के
रोशनी शाहीमाथिको जर्बजस्ती अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको अदालती प्रक्रियाले आजबाट गति लिएको छ । अदालतको अनुमतिमा प्रहरीले पक्राउ पूर्जी जारी गरी सभामुखको सरकारी निवासबाट १९ असोजमा पक्राउ परेका महरा प्रकरणमा को दोषी र को निर्दोष हुने प्रहरीले अदालतमा पेश गर्ने अनुसन्धान रिपोर्ट, कानुन व्यवसायीको बहसपछि न्यायाधीशले गर्ने फैसलाले निक्र्यौल गर्नेछ ।

महरालाई र्पुपक्षका लागि थुनामा राखिने या धरौटीमा रिहा गरी मुद्दा चल्ने विषय पनि छिट्टै टुंगो लाग्नेछ । भीआइपीको पक्राउ र घटनामा जोडिएका विषय जटिल बन्नुले को दोषी भन्ने फैसला आउन समय लाग्न सक्छ ।

अहिलेसम्म बाहिर आएका विषय बयानमा आधारित छ । रोशनीले जर्बजस्तीको अभियोग लगाएको देखि घटनाक्रम केलाउँदा उनको भनाई बदलिएको छ । अब अदालतमा उनी कसरी प्रस्तुत हुन्छिन् त्यसले मात्र फैसला प्रभावित हुन सक्दैन । उनले आरोप लगाएको भरमा घटना पुष्टि हुनसक्दैन । उनले आरोप फिर्ता लिएर महराको बचाऊ गर्दैमा पनि जर्बजस्ती नभएको पुष्टि हुन सक्दैन । यसकारण अब घटना बयानमा भन्दा दसी प्रमाणमा केन्द्रित हुनसक्छ ।

जर्बजस्तीको जाहेरी दिने रोशनीको स्वास्थ्य परीक्षण भएको छैन । यसकारण पनि घटनाको मुख्य प्रमाण मेटिइसकेको छ । जर्बजस्ती भए नभएको स्वास्थ्य परीक्षणबाट पनि प्रमाणित हुनसक्छ । अब त्यो बाँकी रहेन ।

घटनास्थलमा प्रहरीले के के प्रमाण फेला पार्यो त्यो खुलेको छैन । अब सबै अदालतमा प्रमाणका रुपमा पेश गर्नेछ । घटनास्थलमा भाँच्चिएको भनिएको चश्मा महराको हो होइन ? यदि हो भने भाँच्चिएको बाँकी टुक्रा कहाँ छ ? महराले चश्मा भाँच्चिएको भनेपनि चश्मा लगाएकै अवस्थामा पक्राउ परे । जुन उनलाई प्रहरीले पक्राउ गरी लाँदा समेत देखिन्थ्यो ।रोशनीले आफूमाथि कुटपिट भएको भनेकी थिइन् । कुटपिट भएको भए त्यसको स्वास्थ्य परीक्षण भएको खोई ? रोशनीले महराले रक्सी पिएको गिलास देखाएकी थिइन् । महराले रक्सी पिएको भए त्यसको फिंगर प्रिन्ट लिएको छ कि छैन ? छ भने त्यो महरासँग मिल्छ कि मिल्दैन ?

महरा रोशनीको कोठासम्म पुगेको भिडियो फुटेज नै प्रहरीसँग रहेको बुझिएको छ । त्यही फुटेल हेरेर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले महरालाई राजीनामा दिन लगाएका थिए भन्ने खबर बाहिर आएको छ । फुटेजले महरा कोठासम्म पुगेको भन्ने देखाउँछ ।

https://www.youtube.com/watch?v=NRUn9ShIytk

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

ताजा

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.