Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

अस्पतालका सीईओ नै मृगौला “तस्कर”

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, आश्विन, २९
अस्पतालका सीईओ नै मृगौला “तस्कर”
ललितपुर,२९ असोज । मृगौला बिक्रीको आरोपमा ललितपुर स्थित निदान अस्पतालका सीईओसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सीईओ विपेन्द्र प्रधान,अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आले रहेका छन् ।एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकेको आरोपमा प्रहरीले अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित पाँच जनाललाई पक्राउ गरेको हो ।अस्पतालले एक व्यक्तिको नाममा दोस्रो व्यक्तिकोे मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

https://www.youtube.com/watch?v=qf8MXN3ek0Q
Top Changing Nepal

युट्युब सट्स