तौल कमी गर्नेे व्यापारीलाई दुई लाख जरिवाना
अर्घाखाँची, २ कात्तिक : सन्धिखर्क नगरपालिकाले तौल कम गरी ठगी गरेको आरोपमा चुत्राबेँसीका एक व्यापारीलाई रु दुई लाख जरिवाना तिराएको छ । अनुगमनको क्रममा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि रु दुई लाख रकम जरिवाना तिराएको हो ।
सन्धिखर्क–२, चुत्राबेँसीमा शिवा किराना तथा भण्डारका सञ्चालक कपिलवस्तुका सञ्जयकुमार कलवारले ३० किलो र २५ किलोको चामलको बोरामा एक किलो घटाएर बेचेको गुनासो आएपछि सन्धिखर्क नगरपालिकाले अनुगमन गरेको थियो ।
अनुगमन टोलीले उपभोक्तालाई ठगेको भेटाएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रु दुई लाख ५०० जरिवाना तिराएको टोलीका संयोजक जीवनारायण आचार्यले जानकारी दिनुभयो । कलवारले सन्धिखर्कका विभिन्न पसलमा राम चामल, ब्ल्याकबेरी चामल र कैलाशी चामलमा एक किलो घटाएर ४२५ बोरा चामल बेचेको स्वीकार गरेपछि निजलाई रु दुई लाख ५०० जरिवाना तिराएको सन्धिखर्क नगरपालिकाले बताएको छ ।
यस्तै सन्धिखर्क नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, उपभोक्ता संरक्षण समितिलगायतको टोलीले दशैँको समयमा अनुगमन गरेर बरामद गरेका म्याद गुज्रेका आटा, चामल, बिस्कुट, भुजा, तेल, सुजी र चाउचाउसमेत गरी रु ३० हजार मूल्य बराबरको सामान शुक्रबार नष्ट गरेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
