खारेजीमा परेको म्यानपावरबाट ५ सय २२ राहदानी जफत, २४ लाख लिएको प्रमाण भेटियो
मनोज पराजुली, कात्तिक ६, काठमाडौँ । वैदेशिक रोजगारी विभागले खारेजीमा परेको एक म्यानपावर कम्पनीबाट ५ सय २२ वटा पासपोर्ट जफत गरेको छ । चप्पल कारखानामा रहेको सि लिंक ओभरसिज सर्भिस प्रा .लि बाट विभागले उक्त संख्यामा पासपोर्ट जफत गरेको हो ।
उक्त म्यानपावरले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको, सक्कल राहदानी र रकम फिर्ता नगरेकाले राहदानी र क्षतिपूर्ति रकम दिलाई पाउँ भन्दै विभागमा उजुरी परेको थियो । सो लगत्तै परेपछि गत सोमबार विभागको आकस्मिक अनुगमन टोलीले म्यानपावर भएको घरमा सिलबन्दी गरेको थियो । विभागको टोलि, म्यानपावरका कर्मचारी, महानगरपालिका वडा न ४ सदस्य, घर धनी र सुरक्षाकर्मीको रोहवरमा बुधबार उक्त घरको गरिएको सिलवन्दी खोलिएको हो ।
वैदेशिक रोजगारमा पठाईदिने भनी सयौं व्यक्तिहरुसँग रकम र राहदानी संकलन गरिरहेको अनुगमन टोलीको प्रारम्भिक अनुसन्धानमा फेला परेको विभागले जनाएको छ। कतारको लागि क्लिनर, पेन्टर, ड्राइभर कामका लागि भन्दै प्रतिव्यक्ति २० हजार देखि १ लाखसम्म रकम लिएको पिडितहरुले बताएका छन् । उनीहरुले बताए अनुसार नै म्यानपावरमा फेला परेको लिखित रेकर्ड मिलेको छ ।
क्लिनर, ड्राइभर र पेन्टरमा पठाउने भन्दै २४ लाख १० हजार रकम लिएको प्रमाण भेटिएको छ। विभाग टोलि म्यानपावर कम्पनीमा पुग्दा सयौंको संख्यामा पीडितहरु म्यानपावर कार्यालय पुगेका थिए । उनीहरुले तत्काल न्याय दिन भन्दै विभाग अनुगमन टोलीलाई आग्रह गरेका छन् तर अनुगमनमा खटिएको टोलीले पासपोर्ट विभागको कार्यालयबाट वितरण गरिने जानकारी दिएको छ, भने फसेको रकमका लागि कानुनी प्रक्रिया अगाडी बढाइने बताएको छ ।
यस भन्दा अघि पनि गत भदौ २४ गते वौद्ध प्रहरीले उक्त प्रा.लि.ले संकलन गरेका करिव १५० जना व्यक्तिहरुको राहदानी सहित प्रा.लिका कर्मचारीलाई वौद्ध क्षेत्रवाट नियन्त्रणमा लिई विभागमा मानिस सहित राहदानी वुझाएको थियो । जसको हाल विस्तृत अनुसन्धान भैरहेको विभागले जनाएको छ । म्यानपावरका संचालक भनिएका अनिस सुन्दास भन्ने व्यक्ति सम्पर्क विहिन भएका विभागले जनाएको छ। फरार संचालक बिरुद्ध कानूनी कारवाही अघि बढाएको विभागले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
