Jankari Kendra
२६ श्रावण २०८३, मंगलवार
Worldlink

बिहीबारको राशिफल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, कार्तिक, ६
बिहीबारको राशिफल

चन्द्रराशि– सिंह, सूर्योदय– ६:०९ बजे, सूर्यास्त– १७:२५ बजे र दिनमान २८ घडी ९ पला।व्रत/पर्व- रमा एकादशी व्रत, गोवत्स द्वादशी, संयुक्त राष्ट्रसंघ दिवस।

जय गुरु देव !! जय श्री राम !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको – पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक ७, बिहीबार, इ.स. २०१९ अक्टोबर २४, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ कौलागा, कार्तिक कृष्णपक्ष, एकादशी, १८:५५ उप्रान्त द्वादशी, नक्षत्र– मघा, १०:५१ बजेउप्रान्त पूर्वफाल्गुनी, योग– शुक्ल, १२:१२ बजेउप्रान्त ब्रह्म, करण– वव, ८:०५ बजेदेखि वालव, १८:५५ बजेपछि कौलव, २९:४३ बजेउप्रान्त तैतिल, आनन्दादिमा मुसल योग। चन्द्रराशि– सिंह, सूर्योदय– ६:०९ बजे, सूर्यास्त– १७:२५ बजे र दिनमान २८ घडी ९ पला।व्रत/पर्व- रमा एकादशी व्रत, गोवत्स द्वादशी, संयुक्त राष्ट्रसंघ दिवस।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक ८, शुक्रबार, इ.स. २०१९ अक्टोबर २५, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ कौलागा, कार्तिक कृष्णपक्ष, द्वादशी, १६:३१ उप्रान्त त्रयोदशी, नक्षत्र– पूर्वफाल्गुनी, ९:११ बजेउप्रान्त उत्तरफाल्गुनी, योग– ब्रह्म, ९:०५ बजेदेखि ऐन्द्र, २९:५७ बजेउप्रान्त वैधृति, करण– तैतिल, १६:३१ बजेदेखि गर, २७:१९ बजेउप्रान्त वणिज, आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– सिंह, १४:४६ बजेउप्रान्त कन्या, सूर्योदय– ६:१० बजे, सूर्यास्त– १७:२४ बजे र दिनमान २८ घडी ५ पला। प्रदोष व्रत।व्रत/पर्व- धन–त्रयोदशी, धनतेरस -धनत्रयोदशी), यम–पञ्चक (तिहार) प्रारम्भ, यमदीप–दान।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अरूको विश्वास जित्न सकिने छ ,घरपरिवारमा मेलमिलाप हुनेछ, पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,उच्च मनोवल रहनेछ,अध्यात्मिक शक्ति बढ्ने छ,आजको शुभ अंक ११ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आयस्तर बढ्ने छ,बौद्धिक कार्यबाट हुने सफलता कायमै रहनेछ, निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अरूलाई हुनेछ,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,आजको शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
सद्भाव मिल्नेछ,देश–देशान्तरबाट शुभ समाचार प्राप्त होला, चोटपटक लाग्ने,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ, खर्च एवं विवाद बढ्नेछ,आजको शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शत्रुबाधा स्वतः हटेर जाला,धेरैसँग जनसम्पर्क हुनेछ,धार्मिक आस्था बढ्ने छ,बोलीको प्रभावले अधुरा कार्यहरू पूर्ण हुनेछन्, विश्वास जित्नै अघि बढ्न सकिने छ,आजको शुभ अंक १० रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सन्तान पक्षको सन्तोष मिल्ने छ,विद्यार्थीवर्गको प्रगति हुनेछ, दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,मानसम्मान मिल्नेछ ,भाग्यले साथ दिनेछ,आजको शुभ अंक ६ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
स्वास्थ्य गडबढ हुनुको साथै काम व्यवहारमा अवरोध खडा हुन सक्छ,धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,आफन्तहरूको सहयोग,आजको शुभ अंक ५ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
धन आर्जन गर्ने अवसर मिल्ने छ ,अधुरा काम पूरा गर्न नयाँ काम प्राप्त हुने अवसर मिल्नेछ,आतिथ्यपूर्ण सम्मान पाइएला,विशिष्ट नयाँ काम गर्ने मौका छ,आजको शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
वाध्यताका काम व्यवहारहरू गर्नु पर्नेछ,सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ, कमजोरीको फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ, आजको शुभ अंक १२ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
अनावश्यक खर्च होला,परिस्थिति अनुकूलको बन्न छ,अधुरा काम सम्पादन गर्न सकिनेछ,मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
निर्णय क्षमतामा वृद्धि भएकाले काम गर्दा विविध मार्ग अपनाउन उचित हुनेछ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ, सकारात्मक सोचाई रहने छ,आजको शुभ अंक १ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सहमतिका कार्यहरू भङ्ग हुन सक्छन्, सञ्चित धनको खर्च हुन सक्छ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,प्रतिष्पर्धा गर्न गरे पनि कार्यमा सफलता मिल्ने छ ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काम व्यवहारमा सफलता मिल्ने छ, सहोदरका व्यक्तिको सहयोग मिल्ने छ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्, बन्न लागेको कार्य रोकावट आउन सक्छ ,आजको शुभ अंक ७ रहेको छ।

गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)

Top Changing Nepal

युट्युब सट्स