नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
काठमाडौँ । मिति २०८३ अशोज ७ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतिको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक यमलाल भूषालसंग भेटगरी हालै रसुवामा गएको भिषण बाढीबाट अटोमोवाइल क्षेत्रमा भएको क्षतिका सम्बन्धमा विस्तृत छलफल गरेको जनाइएको छ।
उक्त छलफलमा नाडाका अध्यक्ष उप्रेतिले यही २०८३ भाद्र १० गते रसुवा र टिमुरे लगायतका विभिन्न क्षेत्रमा गएको भिषण वाढिका कारण दशैको सीजनलाई ध्यानमा राखि सयौको सख्यामा चीनबाट आयातित सवारी साधनहरु मध्ये धेरै सख्यामा रसुवा नाकाबाट बाढीले बगाएको सन्दर्भमा जानकारी दिदै पीडित पैठारीकर्ताहरुले सरकारकातर्फबाट पाउनु पर्ने राहतका विषयमा छिटो भन्दा छिटो कार्यान्वयनका लागि समेत आग्रह गरेको बताइएको छ।
यसै छलफलको सिलसिलामा नाडाका महासचिव मिलनबाबु मल्लले चाइना सीमा भन्सार नखुलेका कारण चाइना सीमा क्षेत्रमा पाँचसय भन्दा बढी सवारी साधनहरु रोकिएको भन्दै त्यसको सहजीकरणका लागि अनुरोध गरेका नाडाले जनाएको छ। त्यसैगरी उनले अहिलेसम्म ११ सिटे विद्युतिय माइक्रोवसहरु नछुटेको जानकारी हुदै यसका लागि समेत पहल गरि दिन अनुरोध गरेका छन्।
सो छलफलको अन्त्यमा महानिर्देशक भुषालले यस सन्दर्भमा सरकारले पीडित व्यवसायीहरुका लागि के कस्ता सुविधा र सहुलियतहरु के कसरी दिने हो त्यसको मोडालिटिका सम्बन्धमा अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र गृह मन्त्रालयविच गृहकार्य भईरहेको जानकारी दिएका छन् । उक्त भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्षद्धय अभिक ज्योति र विक्रम सिंघानिया, सचिव मेघराज पौडेल समेतको उपस्थिति रहेको जनाइएको छ ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
