सबै दलका नेताहरु मुछिरहँदा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल पनि भयभित छन् । उनीमाथि बालुवाटारस्थित ललिता निवासको जग्गा हडप्ने चलखेलमा संलग्न भएको आरोप लाग्दै आएको छ । ललिता निवासमा पौडेल परिवारको झण्डै आठ आना जग्गा पनि भेटिएको छ ।नेकपा महासचिव पौडेलमाथि ललिता निवासमा जग्गा हात पारेको आरोप छ । ललिता निवासमा जग्गा हात पार्नेहरुमाथि अख्तियारले बयान लिइसकेको छ । यो मामलासँग जोडिएका काँग्रेस उपसभापति विजयकुमार गच्छेदारमाथि बयान लिने चर्चा चलिरहेको छ ।
ललितानिवास प्रकरणमा परिवारका सदस्यका नाममा जग्गा समेत भएकाले पौडेल चिन्तित छन् । उनले आफू उक्त प्रकरणमा संलग्न नभएको दाबी गर्दै आएपनि तानिनसक्ने सम्भावना उत्तिकै छ । ओली सरकारले हस्तीहरुलाई विभिन्न प्रकरणमा तानिरहँदा जोकोही पनि कारबाहीमा पर्नसक्ने अवस्था छ । यसमा दबाब पनि बढ्न थालेकाले पौडेलमा डर बढेको हो ।
File Photo


