नेपाल संवत् आज, सार्वजनिक बिदा भोलि
काठमाडौं १२ कार्तिक । नेपाल संवत ११४० आजबाट सुरु भएको छ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९ईस्वी सम्वतमां ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात गर्नु भएको थियो । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।
गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरको थियो । विसं २०६५ मा नेपाल सम्वतले राष्ट्रिय मान्यता पाउने घोषणा भएको थियो । आजैको दिन नेवार समुदायमा म्हः आत पूजासमेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म पूजा पर्व मनाउने गर्दछन । यसवर्ष दुई दिन प्रतिपदा तिथि परेकाले एकथरी नेवार समुदायले हिजो र एकथरीले आज म्हः पूजा गर्दैछन । नयाँ बर्षलाई मनाउने तयारी भने भोलि भएकाले सरकारले सार्वजनिक बिदा भोलिका लागि नै दिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


