भैलो खेल्न ७ वर्षीय बालकलाई चितुवाले खायो
काठमाडौं १२ कार्तिक । तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। भानु नगरपालिका–२ फुस्रेटारकी सिर्जना रोक्काका सात बर्षिय छोरा ऋतिक रोक्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताए।
आमा भैली खेल्न गएका बेला सोमबार साँझ घरमा बसिरहेका उनलाई चितुवाले आक्रमण गरेको हो। उनको शव घरभन्दा ५० मिटरमाथि जंगलमा भेटिएको थियो। बालकको शरीरको कम्मरमुनीको भागमा चितुवाले आक्रमण गरेको अवस्थामा शव भेटिएको छ।दसैँको टिकाको दिनमा पनि यहाँ चितुवाको आक्रमणबाट ४ बर्षिय बालकको मृत्यु भएको थियो। भानु नगरपालिका–१ जामुने गैराका विष्णु बानियाँका चार वर्षीय छोरा आशिष बानियाँको मृत्यु भएको हो। घर नजिकै परालको टौवामा हालिएको पिङ खेल्दै उनलाई चितुवाले आक्रमण गरेको थियो।
भानुको वडा नम्बर १, २, ३ र ४ का स्थानीय चितुवाको त्रासमा छन्। यहाँ डेढ बर्षयता निरन्तर चितुवाले आक्रमण गर्दै आइरहेको छ। यो अवधिमा ६ जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएको डिभिजन वन कार्यालयले जनाएको। ४ बालबालिका घाइते छन्।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
