तिहार देखि बेपत्ता बालिकाको खोजी गरिदिन परिवारको आग्रह
रबिन्द्र यादव / नवलपरासी पश्चिम
नवलपरासी पश्चिमको सुस्ताबाट सोमवार देखि एक बालिका अाफ्नै घर बाट हराएकी छिन । सुस्ता गाँउपालिका वडा नं.- ५ बलिनगर बस्ने मारकाण्डे चौधरीको ढाई बर्षिय छोरी आदिती चौधरी साँझ ५ बजे देखि ६ बजेको बिचमा घरमै खेल्दै गरेको अवस्थामा बेपत्ता भएकी हुन ।
कार्तिक ११ गते देखि बेपता भएकी अादिती अहिले सम्म केही जानकारी नभएको परिवारजनले बताएका छन । स्थानीयबासी र प्रहरी द्वारा खोजी कार्य जारी रहेपनि अहिले सम्म बालिकाको अवस्था बारेमा केहि थाहा नभएको प्रहरी चौकी रामनगरले जनाएको छ ।
आदितीको खबर कहि कतैबाट नआएको र आफुहरुले आफ्नो सम्पुर्ण आफन्तीकोमा खोजी गरिसकेकाले बालिका कहि पनि फेला नपर्दा अपहरण गरिएको हो हुन सक्ने आशंका लागेको परिवारजनले दावी गरेका छन् । छोरी घरको अागनमा खेलिरहदा आफुहरु घरको पछाडि करेसावारीमा काम गरिरहेका थिए ।
कार्य सकेपछि छोरी घरमा नभेटिदा चिन्ता बढ्न थालेको छ । परिवारजनले अदिती लाई खोजी कार्य गर्दा नभेटेपछि प्रहरीलाई खबर गरिएको थियोे । गाँउ नजिकै भारतको सिमाना भएको हुदाँ भारतीय प्रहरीसंग समन्वय गरी खोजी भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।
बेपत्ता बालिका आदितीले रातो टिसर्ट र कट्टू लगाएकि छन् । उनको खोजी कार्यमा सहयोग गरिदिनु हुन परिवारजनले सबैमा निकाय, प्रहरी प्रशासन, मानव अधिकार, संचारकर्मी लगायतमा आग्रह पनि गरेका छ्न । बालिकालाई कहि कतै देखेमा नजिकको प्रहरी कार्यालय वा मोबाईल नम्बर ९८५७०१३७९३, ९८०७४९७३२९,९८६७४२७९७८, ९८७६१६५८१०, सम्पर्क गरि खबर गरिदिनको लागि परिवारजनले अनुरोध समेत गरेका छ्न ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


