भीआइपी धमाधम पक्राउ पर्ने क्रम जारी, सूचीसहित प्रहरी सक्रिय
काठमाडौं, नेपाल प्रहरीले भीआइपी भनेर आपराधिक क्रियाकलापमा संलग्न कसैलाई नछाड्ने नीति लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी दिवसमा आपराधिक क्रियाकलाप गर्नेको पद हेरेर नबस्न भनेपछि आइजीपी सर्वेन्द्र खनाल कडा रुपमा प्रस्तुत भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल दुवैले अपराध नियन्त्रणका लागि कडा कदम चाल्न निर्देशन दिएपछि आइजीपी खनालले एकपछि अर्को जोखिम उठाएका छन् । उनको पालामा अहिलेसम्म पक्राउ गर्न नसकिएको भीआइपीहरु समेत पक्राउ परेका छन् ।जर्बजस्ती उद्दोगमा निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परे । त्यसपछि पूर्वमन्त्री अफताब आलम रौतहटमा १२ वर्ष अघि सामूहिक हत्याको अभियोगमा पक्राउ परे ।
पूर्व अर्थ सहायकमन्त्री तथा व्यवसायी रुप ज्योती ठगीको मुद्दामा पक्राउ परे । सुदुरपश्चिम प्रदेशका राज्यमन्त्री प्रकाश रावल फरार सूचीमा छन् । उनीमाथि सम्पत्ति शुद्धिकरणले छानविन गरेपछि प्रहरीले खोजी गरिरहेको छ ।प्रहरीले आपराधिक गतिविधिमा संलग्न अन्य भीआइपीहरुको समेत खोजी गरिरहेको छ । उनीहरुको लिष्ट बोकेर प्रहरी अगाडि बढेको बुझिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
