नेपालमा गाई फार्म संचालन गर्दै चीन
जानकारी केन्द्र
२०७६, कार्तिक, २५
ललितपुर। चिनियाँ कम्पनीको सहयोगमा गाईपालन परियोजना सञ्चालन हुन लागेको छ । चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनी लिमिटेडको सहयोगमा गाइपालन परियोजना सञ्चालन हुन लागेको हो । परियोजना सञ्चालनका लागि तनहुँको शुक्ला गण्डकी नगरपालिका–१२ मा अध्ययन गरिएको छ ।
गण्डकी प्रदेशका निमित्त प्रमुखसचिव गणेश पाण्डे, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युत ढकाल, गण्डकी काउ फार्म एण्ड रिसर्च सेन्टरका पदाधिकारीसहितको टोलीले परियोजना सञ्चालनस्थल अवलोकन गरेको छ ।
गण्डकी काउ फार्म एण्ड रिसर्च सेन्टरका सदस्य हर्क गुरुङका अनुसार टोलीले परियोजना सञ्चालनस्थल, त्यहाँको भूगोल, सम्भाव्यता एवं चुनौतीलगायतका विषयमा जानकारी लिएको थियो ।
शुक्लागण्डकी नगरपालिकाका झग्रेडाँडा, जाउनेपन्ध्रे, झर्लाङी, चुनीडाँडालगायतका स्थानमा गाईपालन गर्न लागिएको गुरुङले जानकारी दिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
