• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ जेठ २०८३, शुक्रबार
०१ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ब्रिटिस काउन्सिलद्धारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीका लागि नयाँ अवधारणापत्र सार्वजनिक
  • ६ घण्टा 

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ
  • ७ घण्टा 

२०८३ साल जेठ महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् मासिक राशिफल
  • ८ घण्टा 

आइसिसी क्रिकेट विश्वकप लिग २ : नेपाल र अमेरिका भिड्दै
  • ८ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ८ घण्टा 

२०८३ जेठ ०२ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा
  • २२ घण्टा 

जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ
  • २३ घण्टा 

आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • २. आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता

  • ३. वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

  • ४. काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो

  • ५. दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल

  • ६. कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. कजारियाको नयाँ शोरुम अब हापुरे, दाङमा : प्रिमियम टायल कलेक्सनको शुभारम्भ

  • ९. जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ

  • १०. देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

सँसारकै आकर्षक जासुस

admin २०७६, कार्तिक, ३०

जासुसहरु अपत्यारिलो हुन्छन् । उनीहरु भेष बदल्ने मात्र नभई आश्चर्यजनक तरिकाले काम गर्छन् । जस्तोसुकै परिस्थितिमा पनि भित्रि कुरा बाहिर निकाल्न समक्ष हुन्छन् । जासुसीका बारेमा संसारमा धेरै फिल्महरु पनि बनेका छन् । संसारमा त्यस्ता खतरनाक महिला जासुसहरु पनि रहेका थिए र आजपनि छन, जसको बारेमा कमैलाई मात्र थाहा छ ।

डबल एजेन्ट ‘माता हारी’

मार्गेथा गीरत्रुइदा म्याकलियोडलाई मानिसहरु ‘माता हारी’को नाममा चिन्छन् । माता हारी एक कामुक नृत्यांगना थिइन् । जसको प्रथम विश्वयुद्धमा जासूसी गरेको आरोपमा गोली हानी हत्या भयो । सन् १९३१ मा माता हारीको जीवन कहानीमा आधारित हलिउड फिल्म बन्यो । जसमा ग्रेटा गर्बो मुख्य भूमिकामा थिइन् ।
मार्गेथाको जन्मको होल्याण्डमा भएको थियो र विवाह एक फौजी क्याप्टेनसँग भयो । तर, एक खराब सम्बन्धका कारण मार्गेथाले आफ्नो बच्चा समेत गुमाएकी थिइन् ।

सन् १९०५ मा मार्गेथाले आफैंलाई ‘माता हारी’को पहिचान दिइन् । र, इटलीको मिलानस्थित ला स्काला र पेरिसको ओपेरामा एक कामुक नृत्यांगना बनेर स्थापित भएकी थिइन् ।

चर्चा कमाएसकेकी मार्गेथा आफ्नो पेसाका कारण जीवन जिउन गाह्रो भएन ।यसकारण जर्मनीले प्रथम विश्वयुद्धको क्रममा माता हारी जर्मनीको जासूस बनिन् ।
माता हारीले कसैले मारिनन् तर उनको जासूसीको कारण लगभग ५० हजार फ्रान्सेली सैनिकको मृत्यु भयो ।

त्यसपछि फ्रान्सलाई उनीमाथि शंका लाग्न थाल्यो । सन् १९१७ फेब्रुअरीमा उनलाई पेरिसबाट गिरफ्तारी गरियो र अक्टोबरमा उनलाई गोली हानी मारियो । उनको मृत्युको सय वर्षपछि अपराधबारे बहस सुरु हुन थालेको छ ।

शार्लेट कोर्डी
शार्लेटको पूरा नाम म्यारी एन शार्लेट डी कोर्डी थियो । उनी फ्रान्सको क्रान्तिको हिस्सा बनिन् । फ्रान्सको क्रान्तिमा हिंसा नचाहने शार्लेटले आफ्नो विपक्षी ज्याकोबिन समूहका नेता जीन पोल म्याराटको हत्या गरिदिइन् ।
सन् १७९३ जुलाईमा शार्लेटले म्याराटलाई चक्कु प्रहार गरिन् जब उनी बाथटबमा नुहाइरहेका थिए । हत्याको आरोपमा उनलाई पक्राउ गर्दा शार्लेटले देशकै निम्ती आफूले त्यस कदम चालेको बताएकी थिइन् ।
उनले दावी गरिन् कि उक्त एक हत्याले हजारौं मानिसहरुको ज्यान बच्यो । तर, त्यसको चार दिनपछि उनले सजाय पाइन् ।
शी जिआनकिआओ
जासूस आफ्नो उपनाम राख्न मन पराउँछन् । यस तथ्यलाई यथार्थमा बदल्दै शी ले जासूसी संसारमा शी जिआनकिआओ राखिन् ।
जिआनकिआओ आफ्नो पिताको हत्याको बदला लिनकै लागि जासूसी बनिन् । उनको हत्या चीनका नेता सुन चुआंगफांगले सन् १९२५ मा गरेका थिए ।

१० वर्षपछि जिआनकिआओले चुआंगफांगको शिरमा गोली हानिन् जब उनी एक बौद्ध मन्दिरमा पूजा गरिरहेका थिए । यस हत्या गरेपछि भाग्नुको सट्टा उनी घटनास्थलमा रोकिएर आफ्नो अपराध स्वीकारिन् ।सन् १९७९ मा उनको निधन भयो ।

ब्रिगित मोअनहोप्ट
एक समय जर्मनीको सबैभन्दा शक्तिशाली महिला मानिएकी ब्रिगित मोअनहोप्ट रेड आर्मी फंशनकी सदस्य थिइन् । ब्रिगित सन् १९७७ मा जर्मनीको एक आतंकवादी गतिविधिमा संलग्न भइन् ।

७० को दशकमा पश्चिम जर्मनीको एक वाम चरमपन्थी समूहद्वारा एकपछि अर्को हाइज्याक, हत्या र बम धमाका भए । विमान हाइज्याकसँगै लगभग ३० जनाको हत्या उक्त समूहले र्गयो । यस अपराध पश्चिम जर्मनीमा पूँजीवाद सखाप पार्ने नाममा गरिएको थियो ।
सन् १९८२ मा अपराधमा सामेल भएको कारण मोअनहोप्ट समातिइन् । उनलाई पाँच वर्षको जेल सजाय सुनाइयो । यसबाहेक उनलाई अन्य नौ हत्याको मामिलामा १५ वर्ष जेल सजाय दिइयो ।

मोअनहोप्टले कहिल्यै पनि आफ्नो अपराध स्वीकार गरिनन् । सन् २००७ मा उनी जेलबाट बाहिर आइन् । उनी अहिलेसम्म पनि जीवितै छिन् । –एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ब्रिटिस काउन्सिलद्धारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीका लागि नयाँ अवधारणापत्र सार्वजनिक
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ लाई सिएसआर पहलमार्फत सहयोग

ताजा

ब्रिटिस काउन्सिलद्धारा भाषाप्रति उत्तरदायी शिक्षा प्रणालीका लागि नयाँ अवधारणापत्र सार्वजनिक

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ

२०८३ साल जेठ महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् मासिक राशिफल

आइसिसी क्रिकेट विश्वकप लिग २ : नेपाल र अमेरिका भिड्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.