• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १० घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • ११ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १३ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १४ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • १४ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १७ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १७ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १८ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

१ सय ६१ म्यानपावरले एक जना पनि कामदार विदेश पठाउन सकेनन्, एसओएस एक नम्बरमा

admin २०७६, मंसिर, २

मनोज पराजुली, मंसिर २, काठमाडौं । बैदेशिक रोजगारीको लागि काम गर्दै आएका म्यानपावर कम्पनीले एक महिनामा १ जना मात्रै कामदार पठाउने गरेको पाइएको छ । बैदेशिक रोजगार विभागले तयार गरेको कार्त्तिक महिनाको तथ्यांक अनुसार गत महिनामा ६५ म्यानपावर कम्पनीले १/१ जना मात्र कामदारको श्रम स्वीकृति निकालेका हुन् ।

हाल संचालनमा रहेका ८ सय ५४ म्यानपावर कम्पनि मध्ये १ सय ६१ म्यानपावर कम्पनीले १ जना पनि कामदार गत महिना विदेश पठाएका छैनन् । सरकारले म्यानपावरको नवीकरण हुनका लागि प्रत्येक वर्ष अनिवार्य रुपमा १ सय जना विदेश पठाउनुपर्ने बाध्यकारी नियम ल्याएको छ त्यसका लागि पनि म्यानपावरले एक वर्षमा कम्तिमा सय जना कामदार विदेश पठाउनुपर्नेछ ।

५१ हजारले लिए श्रम स्वीकृति  

कार्त्तिक महिनामा मात्रै ५१ हजार ५ सय जनाले अन्तिम श्रम स्वीकृति लिएका विभागले जनाएको छ । म्यानपावर कम्पनी मार्फत १८ हजार ४ सय ९०, व्यक्तिगत श्रमस्वीकृति १२ सय ४७, बैधानिकरण गरि १५ सय १७ र ३० हजार २० जनाले व्यक्तिगत पुन श्रम स्वीकृति लिएको विभागले जनाएको छ । त्यस्तै गरि इपिएस अन्तर्गत दक्षिण कोरियाको लागि २ सय २३ पुरुष र ३ जना महिलाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ । गत भदौ महिनामा ३९ हजार ८ सय ४७ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए भने असोज महिनामा १९ हजार ४८२ जनाले मात्रै बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । गत महिनामा बैदेशिक रोजगारीको खोजीमा नेपालीहरु ९२ देश पुगेका छन् ।

मलेसिया जाने बढे 

कार्त्तिक महिनामा साउदीका लागि १० हजार ७ सय ३३ जना, कतारका लागि  ११ हजार २१ जना, कुवेतका लागि २५ सय ६१ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

मलेसिया रोजगारी पूर्ण रुपमा खुलेसंगे प्रमुख गन्तव्य मुलुक फेरिएको छ । गत महिनामा मात्रै मलेसियाका लागि ५७ सय ७५ जनाले श्रम स्वीकृति लिएका छन् । मलेसियाका लागि म्यानपावर कम्पनीहरुले डिमाण्ड ल्याउन थालेसंगे मलेसिया जानेहरु तुलनात्मक रुपमा बढ्न थालेका हुन् ।

एसओएस एक नम्बरमा 

गत महिना सबैभन्दा धेरै कामदार विदेश पठाउने म्यानपावर कम्पनीमा एसओएस म्यानपावर सर्भिस परेको छ, जसले ५ सय ३८ जना कामदार विदेश पठाएको छ ।

त्यस्तै गरि दोश्रोमा परेको अन्जली ओभरसिजले ४ सय ६ कामदार विदेश पठाएको छ । तेश्रो नम्बरमा परेको प्याराडाईज इन्टर्नेशनलले ४ सय १ र द रिभर ओभरसिजले ३ सय ४२ जनामात्रै विदेश पठाएको छ । गत आर्थिक वर्ष सबैभन्दा धेरै कामदार विदेश पठाउनेमा द रिभर ओभरसिज एक नम्बरमा रहेको थियो ।

अदक्ष कामदार बढी 

एक महिनामा विदेश गएका मध्ये सबैभन्दा धेरै अदक्ष कामदार रहेका छन् ।  गत महिना २६ हजार ५९४ अदक्ष कामदार विदेश पुगेका छन् । त्यस्तैगरी सीपयुक्त जनशक्ति १९ हजार २९३, अर्धसिप भएका ५ हजार ३२१, व्यवसायिक सिप भएका ५१ जना र विशिष्ट सिप भएका १५ जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.