मासिक एक लाख २५ हजारको दूध बेच्दै ८१ वर्षिय अधिकारी
पाल्पा। साठी वर्षभन्दा माथि उमेर समूहका आश्रित समूहमा रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका ८१ वर्षीय हुमलाल अधिकारी पर्नुहुन्छ । अन्य सक्रिय समूहका सदस्य जस्तै जुझारु उहाँको काश्यप कृषि तथा पशु विकास फार्म पनि फस्टाएको छ ।
गाइँभैँसीपालन व्यवसायबाट आत्मनिर्भर बन्दै जानुभएका अधिकारीको पशुपालन व्यवसायमा साँझ–बिहान मेहनत उत्तिकै छ ।मेहनतानुसार दाम र नाम कमाउनुभएका उहाँ खानपान र स्वास्थ्यमा उत्तिकै सजग भएका कारण आफूलाई बूढेसकालको महसुससमेत नभएको बताउनुहुन्छ ।
अधिकारीको खटनपटनका कारण अहिले दैनिक ८० देखि ९० लिटरसम्म दूध उत्पादन हुन्छ । गाइँभैँसीको दूधबाट विदेशमा भन्दा बढी आम्दानी नेपालमै बसेर गर्ने ती वृद्ध किसान दूध बिक्रीबाटै मासिक रू एक लाख २५ हजारसम्म आम्दानी गर्ने गरेको जानकारी दिनुहुन्छ ।
रू बीस लाखको लगानीमा गाईपालन व्यवसाय शुरु गर्दा बूढेसकालमा पनि काम गर्नुपरेको भनेर कुरा काट्ने छरछिमेकी अहिले उहाँको प्रशंसा गर्छन् ।
नेपाली समाजमा नौलो काम गर्दा प्रोत्साहनभन्दा हतोत्साही गर्ने परम्पराका कारण धेरै नेपाली युवा विदेशिन बाध्य छन् । दश गाई र तीनवटा भैँसीपालनबाट चार स्थानीय बासिन्दालाई रोजगारी प्रदान गर्न पाउँदा अधिकारी खुशी हुनुभएको छ ।
स्वदेशमै कृषि तथा पशुपालन गरी आम्दानीसँगै बेरोजगार युवालाई रोजगार बनाउने काम निकै चुनौतीपूर्ण भएपनि निरन्तर अभ्यासबाट सफल भइने उहाँको जिकिर छ । आफ्नो गाउँबस्ती छोडेर रोजगारीका लागि अरूका देशमा पलायन हुने युवाका लागि स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने नमूना बन्नुभएको छ अधिकारी ।
विदेशमा ५०–६० डिग्रीको तापक्रममा पसिना बगाउने युवाले स्वदेशमा पनि पसिना बगाउन सके दुईचार पैसा कमाउन बिदेशिन नपर्ने उहाँ बताउनुहुन्छ । पछिल्ला वर्षहरुमा यहाँका युवा व्यावसायिक रूपमा पशुपालन गरी दूध र मासु उत्पादन गरेर आत्मनिर्भर हुन थालेका छन् । दूध र मासुमा पाल्पा जिल्ला आत्मनिर्भर भएकामा जिल्लावासी खुशी छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
