सी के राउत ओली सरकारमा सहभागी हुने !
काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा मधेश केन्द्रित दलको पदाधिकारी रहेका दुईजना नेतालाई सरकारमा सहभागी गराए । हृदयश त्रिपाठीलाई सामान्य प्रशासन र रामेश्वर राय यादवलाई श्रम मन्त्रालयको जिम्मेवारी दिए । दुवै मन्त्री ओलीका कट्टर आलोचक र मधेशको मुद्दामा उग्र अभिव्यक्ति दिएर सक्रिय भएका थिए ।त्रिपाठी र यादवलाई सरकारमा सहभागी गरेपछि ओलीले राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा सहभागी गराउन पहल थालेका छन् । मधेशको मुद्दामा उग्र विचार राख्ने राजेन्द्र महतो संयोजक हुँदा ओलीका तर्फबाट त्यस्तो पहल भइसकेको बुझिएको छ ।
ओलीले सी के राउतलाई बिखण्डनकारी विचार त्याग्न वाध्य पारे । अब उनलाई सरकारमा ल्याउने पहल भइसकेको छ । राउतले त्यसको संकेत गरिसकेका छन् । उनले विगतमा उठाएको विचार त्यागेर रङ्गभेदविरुद्धको विचार अघि सारेका छन् । मधेशमा उक्त विचारसहितको प्रदर्शन समेत गरे । यसलाई उनको सुरक्षित अवतरणपछि विचारमा आएको परिवर्तनका रुपमा लिइएको छ ।
यसै वर्षको अन्ततिर ओलीले मन्त्रीमण्डल पुनः पुर्नगठन हुने संकेत गरिसके । राष्ट्रिय सभामा केही सिटमा चुनाव हुँदा राउतको समेत सम्भावना छ ।
राउतलाई राष्ट्रिय सभामा स्थान दिएर ओलीले मन्त्री बनाउने गरी रणनीति बनिरहेको बुझिएको छ । त्यसैको माहोल बनाउन राउतले आफूलाई बिखण्डनकारी नभएको सन्देश दिन थालेका छन् । उनको यु टर्न अब सरकारमा सहभागी हुने मार्ग खोल्ने रणनीतिका रुपमा बुझिएको छ । File Photo
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
