Jankari Kendra
२९ आश्विन २०८३, बिहीबार

कतारमा कार्यरत कामदारले व्यक्तिगत विवरण बुझाउनुपर्ने, नबुझाए १० हजार रियाल जरिवाना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, मंसिर, १६
कतारमा कार्यरत कामदारले व्यक्तिगत विवरण बुझाउनुपर्ने, नबुझाए १० हजार रियाल जरिवाना

मङ्सिर ११, काठमाडौं | कतारमा कार्यरत सम्पूर्ण आप्रवासी कामदारहरुले आफ्नो  आवाससहित सम्पूर्ण व्यक्तिगत विवरण सरकारलाई बुझाउनुपर्ने भएको छ । कतारले राष्ट्रिय ठेगाना सम्बन्धि सन् २०१७ को कानून नम्बर २४ लाई कार्यान्वयनमा ल्याउनको लागि यस्तो विवरण बुझाउन अनुरोध गरेको कतारको आन्तरिक मामिला मन्त्रालयले जनाएको खबर त्यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

संचार माध्यमहरुमा आएको खबर अनुसार कतारमा रहेका नेपाली सहित सम्पूर्ण आप्रवासीहरुले कतार मूलुकमा आफू बसोबास गर्दै आएको ठेगाना, मोबाईल नम्बर, फोन नम्बर, रोजगारदाताको ठेगाना तथा सम्पर्क नम्बर, ईमेल र आाफ्नो देशको स्थायी ठेगाना लगायतका विवरणहरु स्थानीय प्रशासनमा दर्ता गराउनुपर्ने भएको छ ।

विवरण पठाउँदा आफ्ना बालबच्चा कतारमै छन् भने उनीहरुको समेत विवरण पठाउनुपर्ने भएको छ । जसको लागि कतारले सहज प्रक्रिया अपनाएको जनाएको छ । त्यस्तो विवरण जो सुकैले आफ्नो मोबाईल मार्फत पनि पठाउन सक्नेछन् । कतारले कानून लागू भएको ६ महिनाभित्र पनि विवरण नबुझाएको खण्डमा दश हजार रियाल करिब ३ लाख नेपाली रुपैयाँ जरीवाना तिराउने जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स