Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

नेपाल मेडिकल एण्ड ल्याब एक्स पो २०१९ हुँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, मंसिर, २३
नेपाल मेडिकल एण्ड ल्याब एक्स पो २०१९ हुँदै

काठमाडौं । नेपालको सबैभन्दा ठूलो एक मात्र विस्तृत मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल शो’ यहि डिसेम्बर १३–१५ (मंसिर २७–२९) काठमाडौंको भृकुटिमण्डपमा हुँदैछ । यस प्रदर्शनी संगै ‘नेपाल ल्याब एक्स पो’ र ‘हेल्थकेयर सप्लाई चेन शो’ पनि आयोजित हुनेछन् । हेल्थकेयर सप्लाई चेन शो भने यसै वर्ष मात्र इ.इ.पी.सी. (इन्जिनियरिङ्ग एक्सपोर्ट प्रमोशन काउनसील) भारतको सहकार्यमा हुँदैछ । यसको विषेश प्राथमिकता अस्पतालको पूर्वाधार रहने छ । नेपाल मेडिकल र ल्याब शो एस डि प्रोमो मिडियाद्वारा गरिने छ ।

नेपालको स्वास्थ र ल्याब क्षेत्रमा योगदान गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रदर्शनी यस क्षेत्रको सबैभन्दा ठूलो व्यापार र ज्ञान आदान प्रदान गर्ने प्ल्याटफर्म भएकोले यस क्षेत्रमा आबद्ध सबैका लागि यो प्रदर्शनी महत्वपूर्ण रहने छ । यसको उद्घाटन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल तथा नेपाल सरकारका अन्य गण्यमान्य व्यक्तद्धारा गरिने छ । यस अन्तर्राष्ट्रिय प्ल्याटफर्ममा विशेषतः एनेसथेजिया, बायो–मेडिकल, इ एन टी, अर्थोपेडिक्स, सर्जिकल, मेडिकल, आई सी यू, अस्पताल फर्निचर, मेडिकल टेक्सटाइल, कन्ज्युमेबल्स, रिह्याबिलिटेशन, मेडिकल ग्यास, एक्स–रे, ल्याब इक्युपमेन्ट्, एनालाइटिकल इक्युपमेन्ट्, एजुकेशन र अन्य सेवा प्रदायकहरुको स्टल रहने छ ।

यो प्रदर्शनीमा २५० भन्दा बढि कम्पनीहरु, ८०० भन्दा बढि ब्राण्डहरु र ६,००० भन्दा बढि भिजिटरहरुको उपस्थिती हुनेछ । यसमा पन्ध्र मुलुकका अफिसरहरु, डाक्टरहरु, निति–निर्माणकर्ता, उद्योगपति तथा वैज्ञानिकहरु भेला हुनेछन् । नेपालको स्वास्थ्य क्षेत्र तथा ल्याब प्रवधिलाई द्रुत गतिदिन यस एक्सपोले सहयोग पुर्याउने छ । यसका साथसाथै नेपालका कम्पनीहरुलाई नयाँ प्रविधि भित्र्याउन र नेपालमै यस्ता उत्पादन गर्न सक्ने मौका यो एक्सपोले दिनेछ । आगन्तुकहरुले स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि हेर्न पाउनेछन्, जो विभिन्न अस्पताल, प्याथोलोजी ल्याब, अनुसन्धान केन्द«, फार्मास्यूटीकल्स, खाद्य उद्योग, विश्वविद्यालय, ल्याबहरु तथा आपुर्तिसंग सम्बन्धित रहनेछन् ।

एस डि प्रोमो मिडिया ल्याबोरेटरी, वैज्ञानिक, एनालाइटिक, अप्टिकल, शैक्षिक, अप्थ्याल्मोलोजी, फार्मा र मेडिकल क्षेत्रको आवश्यकता पु¥याँउदै आइरहका अग्रणी संस्था हो । भारत, पूर्वीअफ्रिका, मध्यपूर्व, दक्षिण एसिया, र दक्षिण–पूर्वी एसिया लगायतका बजारहरुमा यसको लामो अनुभव तथा विशेषज्ञता छ । यस प्रदर्शनी तथा सम्मेलनका आयोजकहरुले हेल्थकेयर र ल्याबोरेटरी उद्योगलाई बढावा मात्र नदिई नयाँ बिचार, अनुसन्धानका अवसर, खोज र सिनर्जीलाई प्रोत्साहन गर्ने अपेक्षा गरेका छन् ।

Top Changing Nepal

युट्युब सट्स