• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आलु आयात देखाई ४१ करोड अवैध धन भारतमा

काठमाडौँ, २७ मंसिर । आलु आयातको झुटो कागज बनाई ४१ करोड अवैध धन भारत पुर्‍याएको आरोपमा दुई बैंकका २० कर्मचारीमाथि मुद्दा दायर हुने भएको छ ।

२०६९ जेठ मा एक भारतीय नागरिकसँग एनआईसी एसिया र एसबीआई बैंकका कर्मचारीको मिलेमतोमा आलु आयात नै नगरी फर्जी प्रतीत पत्रमार्फत अवैध धन भारत पुर्‍याएपछि उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर हुने भएको हो । मुद्दा दायर गर्न विशेष सरकारी वकिलको कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले फाइल पेस गरी राय माग गरिसकेको छ । ‘सरकारी वकिलको कार्यालयले निर्णय भने गरिसकेको छैन,’ सरकारी वकिल कार्यालयका एक अधिकारीले भने । उनका अनुसार २० जनामाथि १ अर्ब रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ ।

अवैध धन यसरी पठाइयो
फाइलको अध्ययन गरिसकेका ती अधिकारीका अनुसार गैरकानुनी क्रियाकलापबाट आर्जित ४१ करोड रुपैयाँ भारत पठाउँदा फर्जी कागजातका आधारमा प्रतीत पत्र खोलिएको छ । कपिलवस्तुमा दर्ता रहेको रेहान ट्रेडर्स नामक ट्रेडिङ कम्पनीमार्फत अवैध धन भारत पठाउने काम भएको स्रोतको दाबी छ । ‘कम्पनी भारतीय नागरिक प्रमोदकुमार जैसवालको नाममा दर्ता छ,’ ती अधिकारीले भने, ‘तर, जैसवाल कपिलवस्तुकै सामडिह गाविस–२ का नेपाली नागरिक हुन् भनी कम्पनी दर्ता भएको छ ।’ भारतीय नागरिकका नाममा दर्ता रहेको यो कम्पनीले बैंकका कर्मचारीहरूसँगको मिलेमतोमा नक्कली प्रतीत पत्र खोल्यो । ‘त्यसका आधारमा आलु आयात भनियो । वास्तविक रूपमा नेपालमा आलु नै आयात भएन,’ ती अधिकारीले भने, ‘तर, ४१ करोड रुपैयाँ भने भारत पठाइयो ।’ यो रकम भ्रष्टाचार, करछली वा अन्य गैरकानुनी क्रियाकलापबाट आर्जित भएको अनुमान अनुसन्धानले गरेको छ ।

ठूलो परिमाणको गैरकानुनी क्रियाकलापबाट आर्जित रकम बैंकमा राख्ने वा अन्य सम्पत्ति खरिद गरे स्रोत खुलाउनुपर्ने बाध्यताले त्यो रकम वैध बनाउन यस्तो उपाय अपनाइएको अनुसन्धानले देखाएको छ । ‘सम्भवतस् भारतमा यो रकम आलु बिक्रीबाट आम्दानी गरेको भनेर स्रोत खुलाई शुद्धीकरण गरिएको हुन सक्छ,’ ती अधिकारीको अनुमान छ, ‘तर, यसका लागि भारतको अनुसन्धानकारी निकायसँगको सहकार्यमा पुष्टि हुने कुरा हो ।’ नेपालमा भने ४१ करोड रकम कसरी उत्पत्ति भयो भन्ने पुष्टि हुन सकेको छैन । यो कारोबार पटकपटक गरेर भएको हो । ‘तर, यो रकमको वास्तविक धनी को हो रु कस्तो गैरकानुनी क्रियाकलापबाट अवैध धनको उत्पत्ति भयो रु भन्नेबारे खुल्न सकेको छैन,’ ती अधिकारी भन्छन्, ‘त्यसकारण राष्ट्र बैंकको नियम तथा निर्देशनअनुसार गर्नैपर्ने काम नगरेको र अवैध रकमलाई शुद्धीकरण गर्ने प्रक्रियामा मिलेमतो गरेको पुष्टि भएपछि कर्मचारीहरूमाथि मुद्दा चल्ने निश्चित भएको हो ।’

मुद्दा दायर हुने सूचीमा दुई बैंकका तत्कालीन शाखा प्रबन्धकहरू मात्रै १० जना छन् । ‘बढी मात्रामा वीरगन्ज र कपिलवस्तु क्षेत्रमा काम गर्ने बैंकका कर्मचारीहरूको संलग्नता देखिन्छ,’ स्रोतले भन्यो, ‘केही काठमाडौंस्थिति केन्द्रीय कार्यालयका कर्मचारीहरूको पनि मिलेमतो छ ।’ मिलेमतोमा संलग्न १५ जनामाथि विभागले बयान लिएर विशेष सरकारी वकिल कार्यालयमा रायका लागि फाइल पेस गरेको हो । ‘पाँच जना फरारको सूचीमा देखिन्छ,’ कार्यालय स्रोतले भन्यो, ‘भारतीय नागरिक जैसवाल पनि फरार छन् । भारतीय नागरिक भएकाले उनीमाथिको कारबाही प्रक्रिया भने मुद्दा दायर भइसकेपछि अगाडि बढाउने योजना छ । ‘भारतसँग जानकारी माग्न र सूचना आदानप्रदानका लागि पनि मुद्दा दायर गर्नुपर्ने हुन्छ,’ ती अधिकारीले भने ।
कान्तिपुर दैनिकबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.