• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १० घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • ११ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १३ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १४ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • १४ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १७ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १७ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १८ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

आलु आयात देखाई ४१ करोड अवैध धन भारतमा

admin २०७६, मंसिर, २७

काठमाडौँ, २७ मंसिर । आलु आयातको झुटो कागज बनाई ४१ करोड अवैध धन भारत पुर्‍याएको आरोपमा दुई बैंकका २० कर्मचारीमाथि मुद्दा दायर हुने भएको छ ।

२०६९ जेठ मा एक भारतीय नागरिकसँग एनआईसी एसिया र एसबीआई बैंकका कर्मचारीको मिलेमतोमा आलु आयात नै नगरी फर्जी प्रतीत पत्रमार्फत अवैध धन भारत पुर्‍याएपछि उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर हुने भएको हो । मुद्दा दायर गर्न विशेष सरकारी वकिलको कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले फाइल पेस गरी राय माग गरिसकेको छ । ‘सरकारी वकिलको कार्यालयले निर्णय भने गरिसकेको छैन,’ सरकारी वकिल कार्यालयका एक अधिकारीले भने । उनका अनुसार २० जनामाथि १ अर्ब रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ ।

अवैध धन यसरी पठाइयो
फाइलको अध्ययन गरिसकेका ती अधिकारीका अनुसार गैरकानुनी क्रियाकलापबाट आर्जित ४१ करोड रुपैयाँ भारत पठाउँदा फर्जी कागजातका आधारमा प्रतीत पत्र खोलिएको छ । कपिलवस्तुमा दर्ता रहेको रेहान ट्रेडर्स नामक ट्रेडिङ कम्पनीमार्फत अवैध धन भारत पठाउने काम भएको स्रोतको दाबी छ । ‘कम्पनी भारतीय नागरिक प्रमोदकुमार जैसवालको नाममा दर्ता छ,’ ती अधिकारीले भने, ‘तर, जैसवाल कपिलवस्तुकै सामडिह गाविस–२ का नेपाली नागरिक हुन् भनी कम्पनी दर्ता भएको छ ।’ भारतीय नागरिकका नाममा दर्ता रहेको यो कम्पनीले बैंकका कर्मचारीहरूसँगको मिलेमतोमा नक्कली प्रतीत पत्र खोल्यो । ‘त्यसका आधारमा आलु आयात भनियो । वास्तविक रूपमा नेपालमा आलु नै आयात भएन,’ ती अधिकारीले भने, ‘तर, ४१ करोड रुपैयाँ भने भारत पठाइयो ।’ यो रकम भ्रष्टाचार, करछली वा अन्य गैरकानुनी क्रियाकलापबाट आर्जित भएको अनुमान अनुसन्धानले गरेको छ ।

ठूलो परिमाणको गैरकानुनी क्रियाकलापबाट आर्जित रकम बैंकमा राख्ने वा अन्य सम्पत्ति खरिद गरे स्रोत खुलाउनुपर्ने बाध्यताले त्यो रकम वैध बनाउन यस्तो उपाय अपनाइएको अनुसन्धानले देखाएको छ । ‘सम्भवतस् भारतमा यो रकम आलु बिक्रीबाट आम्दानी गरेको भनेर स्रोत खुलाई शुद्धीकरण गरिएको हुन सक्छ,’ ती अधिकारीको अनुमान छ, ‘तर, यसका लागि भारतको अनुसन्धानकारी निकायसँगको सहकार्यमा पुष्टि हुने कुरा हो ।’ नेपालमा भने ४१ करोड रकम कसरी उत्पत्ति भयो भन्ने पुष्टि हुन सकेको छैन । यो कारोबार पटकपटक गरेर भएको हो । ‘तर, यो रकमको वास्तविक धनी को हो रु कस्तो गैरकानुनी क्रियाकलापबाट अवैध धनको उत्पत्ति भयो रु भन्नेबारे खुल्न सकेको छैन,’ ती अधिकारी भन्छन्, ‘त्यसकारण राष्ट्र बैंकको नियम तथा निर्देशनअनुसार गर्नैपर्ने काम नगरेको र अवैध रकमलाई शुद्धीकरण गर्ने प्रक्रियामा मिलेमतो गरेको पुष्टि भएपछि कर्मचारीहरूमाथि मुद्दा चल्ने निश्चित भएको हो ।’

मुद्दा दायर हुने सूचीमा दुई बैंकका तत्कालीन शाखा प्रबन्धकहरू मात्रै १० जना छन् । ‘बढी मात्रामा वीरगन्ज र कपिलवस्तु क्षेत्रमा काम गर्ने बैंकका कर्मचारीहरूको संलग्नता देखिन्छ,’ स्रोतले भन्यो, ‘केही काठमाडौंस्थिति केन्द्रीय कार्यालयका कर्मचारीहरूको पनि मिलेमतो छ ।’ मिलेमतोमा संलग्न १५ जनामाथि विभागले बयान लिएर विशेष सरकारी वकिल कार्यालयमा रायका लागि फाइल पेस गरेको हो । ‘पाँच जना फरारको सूचीमा देखिन्छ,’ कार्यालय स्रोतले भन्यो, ‘भारतीय नागरिक जैसवाल पनि फरार छन् । भारतीय नागरिक भएकाले उनीमाथिको कारबाही प्रक्रिया भने मुद्दा दायर भइसकेपछि अगाडि बढाउने योजना छ । ‘भारतसँग जानकारी माग्न र सूचना आदानप्रदानका लागि पनि मुद्दा दायर गर्नुपर्ने हुन्छ,’ ती अधिकारीले भने ।
कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.