• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • ९ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • १० घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १२ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १३ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • १३ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १६ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १६ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १७ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

होर्डिङ बोर्ड हटाउने सरकारको निणर्यप्रति साईनेज नेपालको आपत्ति

admin २०७६, पुष, १२

‘७५ हजार युवा बेरोजगार र ७ अर्ब लगानी जोखिममा पर्ने निश्चित् छ’
काठमाडौँ १२ पुस । सरकारले होर्डिङ बोड हटाउने निणर्य गरेपछि होर्डिङ बोर्ड संचालकहरुको संस्था साइनेज एशोसिएसन नेपालले सरकारी निर्णयको कडा विरोध गरेको छ । आज शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरि एशोसिएसनले सरकारी निर्णय तत्काल रोक्नुपर्ने माग गरेको हो । कार्यक्रममा होर्डिङ बोड हटाउने निणर्यले सरकारलाई ठूलो घाटा हुनेसमेत उसको चेतावनी छ ।

एशोसिएसनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘साईनेज एशोसिएसन नेपाल विगत लामो समयदेखि नेपाली विज्ञापन र विज्ञापनको बजारलाई व्यवस्थित् गर्दै अघि बढिरहेको संस्था हो । संस्थासंस्थ आवद्ध भई हजारौं बेरोजगारी युवाले रोजगारी पाएको कुरा यहाँहरुसमक्ष अवगत गराउँदछौं । संस्थाको मूल उद्देश्य भनेको नेपाली बजारमा रहेको अस्वस्थ विज्ञापन प्रतिष्पर्धालाई व्यवस्थित् गरी नेपाली उत्पादन र बजार व्यवस्थापन गर्नु नै हो ।’

सरकारको अस्पष्ट नीतिका कारण हाल उक्त व्यवसाय र यसमा आवद्ध व्यवसायी पलायन हुने अवस्था आएको पनि एशोसिएनको गुनासो छ । विज्ञप्तीमा थप भनिएको छ,‘जसबाट यस क्षेत्रमा लागेका ७५ हजारभन्दा बढि युवा बेरोजगार बन्ने निश्चित् छ भने यस व्यवसायमा लगानी गरेका ३५ सयभन्दा बढि लगानीकर्ताको ७ अर्ब भन्दा बढि लगानी जोखिममा छ ।’

एशोसिएनले उद्योगी व्यवसायीको विज्ञापन प्रर्वद्धन गर्ने भरपर्दो माध्यम बनेको बोर्ड तथा होर्डिङ बोर्ड हटाउने सरकारी निर्णयले उक्त क्षेत्रमा आवद्ध व्यवसायी मारमा परेको उल्लेख गर्दै सरकारको उक्त कदमले अरबौं राजश्वपनि गुम्ने टिप्पणी गरेको छ । सरकारी उक्त निर्णयको विरुद्धमा आफूहरु नरहेको पनि एशोसिएनले स्पष्ट पारेको छ । तर, यसमा आवद्ध व्यवसायी र लगानीको बेवास्ता गर्दै सरकारले एकल निर्णय गरेकोमा भने एशोसिएनले खेद प्रकट गरेको छ ।

जारी विज्ञप्तीमा थप भनिएको छ,‘भ्रमण वर्षलाई लक्षित गरी सरकारले लिएको पर्यटन प्रवद्र्धन गर्ने कार्यमा विज्ञापनले ठूलो योगदान पुर्याउनेमा हामी विश्वस्त छौं । तसर्थ, सरकारले चालेको कदम पूनः विचार तथा यसमा आवद्ध व्यवसायीसँग छलफल गरी सो कदम अघि बढाउन हामी सम्बन्धित निकायको ध्यानाकार्षण गराउन चाहन्छौं ।’

सरकारले सम्पूर्ण सरोकारवालालाई राखी होर्डिङ बोर्ड तथा विज्ञापन बोर्डको व्यवसायिक नीति ल्याउनपर्ने बताइएको छ । सम्मेलनमा स्थानीय उत्पादन र कम मूल्यमा विज्ञापन गर्न पाउने उद्दमीहरुको नैसर्गिक अधिकार सुरक्षित गर्नुपर्ने समेत जोड दिइएको छ । सरकारले डिजीटल विज्ञापनमा जोड दिएका छन्भने निश्चित मापदण्ड बनाई सहुलियत ऋण र समय उपलब्ध गराउनुपर्ने बताएका छन् ।कार्यक्रममा नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्र कुमार रिजाल ‘शशि’ ले सरकारले थुप्रै निर्णयहरु जथाभावी गरेको गुनासो पोखेका छन् । उनले भने,‘विश्वभर होर्डिङ बोर्डको व्यवस्था छ ।’ होर्डिङ बोर्डको व्यवस्था कोठाभित्र बसेर नभएको भन्दै उनले कडा आक्रोश पोखेका छन् ।

पर्यटन मन्त्रालय र गुह मन्त्रालयबीचको आन्तरिक युद्धको मारमा आफूहरु परेको उनको गुनासो छ । उनले भने,‘उहाँहरुबीचको आन्तरिक विवाद र द्वन्द्वको अत्यधिक असर हामीलाई परेको छ । ऐनबमोजिम होर्डिङ बोर्ड राख्ने प्रावधान छैन् । तर, किन राख्न दिइयो ? दिएपछि किन फेरि हटाउने व्यवस्था गरियो ? म सम्बन्धित निकायका व्यक्तिहरुलाई प्रश्न गर्न चाहन्छु ।’सरकारद्धारा चालिएको उक्त कदमले व्यापक रुपमा बेरोजगारी बढ्ने खतरा पनि उनले औंल्याए । उनले कसले होर्डिङ बोर्ड हटाउने भन्ने विषय पनि अहिलेसम्म टुँगो नलागेको स्पष्ट पारे ।

त्यस्तै, कार्यक्रममा साईनेज एशोसिएसन नेपालका कोषाध्यक्ष अनन्त गौतमले सरकारले चालेको उक्त कदमले व्यवसायीहरु मारमा पर्ने गुनासो पोखे । उनले सरकारले अव्यवस्थित तरिकाले होर्डिङ बोर्ड हटाउन नहुने धारणा राखे । एशोसिएनले जनाएअनुसार सरकारी उक्त कदमबाट पर्ने असरहरुमा ७५ हजार भन्दा बढि युवाहरु बेरोजगार बन्ने, ७ अर्बभन्दा बढि लगानी जोखिममा पर्ने, आम उपभोक्ता विज्ञापनको सूसुचित हुने अवसरबाट बञ्चित हुनुपर्ने, सरकारले उठाउँदै आएको अरबौं कर खेर जाने र भ्रमण वर्ष २०२० लाई लक्षित गरी विज्ञापन बोर्ड तथा सामग्रीबाट प्रकाशित सूचनाको हनन हुनेलगायत रहेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.