• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • ९ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • १० घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १२ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १३ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • १३ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १६ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १६ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १७ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

श्रम स्वीकृतिका सबै काम अनलाइनमा, अबदेखि दलालको इन्ट्री समाप्त

admin २०७६, पुष, १२

पुष ११, काठमाडौं । वैदेशिक रोजगार विभागले बैदेशिक रोजगारीसँग सम्बन्धित सबै कामलाई अनलाइन प्रणालीमा लैजाने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । विभागले सन् २०२० जनवरी १ देखि श्रम स्वीकृतिका सबै प्रक्रिया बैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मार्फत नै गर्न लागेको जानकारी दिएको छ ।

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बैदेशिक रोजगारीलाई सुधार गर्नका लागि गत वर्ष असोजबाट एफईआईएमएसलाई अगाडी बढाएका थिए । एफईआईएमएस पूर्ण रुपमा कार्यान्वयनमा आएपछि विभाग, वैदेशिक रोजगार बोर्ड, म्यानपावर कम्पनी, राहदानी विभाग, मेडिकल, बैंक, वीमा, अभिमुखीकरण, अध्यागमन, विदेशस्थित नेपाली नियोग एकैसाथ जोडिनेछन् । हाल बीमा कम्पनी र कुटनीतिक नियोग यस प्रणालीमा जोडिएका छैनन् । विभागले विहिबार विदेशस्थित नेपाली दूतावासहरुलाई श्रम स्वीकृतिको प्रक्रियाको लागि एफईआईएमएस भित्रको एटेस्टेसन मोड्युलको युजर आईडी र पासवर्ड लिन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले गत मंसिर २६ गते सबै नियोगलाई पत्र लेखेर युजर आईडी, पासवर्ड लिन र मागपत्र एफईआईएमएस मार्फत गर्न गराउन आग्रह गरिसकेको छ । वैदेशिक रोजगार मात्रपत्र प्रमाणीकरण निर्देशिका अनुसार दूतावासले प्रमाणीकरण गरेका मागपत्र अबदेखि विभागको सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) भित्रको एटेस्टेसन मोड्युलबाट नेपाल पठाउनुपर्नेछ । यस पश्च्यात सबै कुटनीतिक नियोग विभागको सूचना प्रणालीमा जोडिने विभागले जनाएको छ ।

अनलाइनमा के के हुन्छ काम ?

अनलाइन मार्फत श्रम स्वीकृतिका लागि म्यानपावर कम्पनीले पेश गर्ने मागपत्र, करारपत्र लगायतका कागजी प्रक्रिया सरलीकृत हुने विभागको अपेक्षा छ। विदेश स्थित नियोगले प्रमाणीकरण गरेका मागपत्र अबदेखि विभागको अनलाइन प्रणालीमै पठाउनु पर्नेछ । सोहि फाइलका आधारमा विभागले डिमाण्डको पुर्व स्वीकृति दिनेछ । अनलाइन प्रणाली लागू भएपछि व्यवसायीहरुले आफ्नै इमेलमा पूर्व तथा अन्तिम श्रम स्वीकृतिको पत्र पाउनेछन् । हाल सोहि कामको लागि श्रम प्रतिनिधि विभागको काठमाडौं कार्यालय ताहाचल धाउनु अवस्था कायम छ । दूतावासहरुले सूचना प्रणाली मार्फत प्रमाणीकरण गरिएका मागपत्र पठाउन शुरु गरेपछि कागजपत्रहरुमा हुनसक्ने छेडखानी र तोडमरोडको सम्भावनालाई समाप्त पार्ने विभागको भनाई छ । विचौलियाको चलखेल बन्द हुने, श्रम स्वीकृतिको डकुमेन्ट अनलाइनमा नै भेरिफिकेसन गर्न सकिने, कुरियरको खर्च पनि बचत हुने लगायत फाइदाका साथ विद्युतीय शासन कार्यन्वयनमा समेत कोशेढुंगा हुने विभागको ठहर छ ।

विदेश जानेहरुले अनिवार्य गर्नुपर्ने बीमा बापतको रकम पनि अबदेखि अनलाइन मार्फत नै भुक्तानी गर्न सकिनेछ । अहिलेसम्म बीमा बापतको प्रिमियम रकम अनलाइनमा भुक्तानी गर्ने व्यवस्था थिएन ।  वैदेशिक रोजगार सम्बन्धी वीमालेख जारी गर्दा र नवीकरण गर्दा अनलाइन प्रणालीबाट गर्न वीमा समितिले ४ वटा वीमा कम्पनीलाई निर्देशन जारी गरेको गरिसकेको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले बताए । यसअघी भूसालले वीमा कम्पनीहरुले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सौतेलो व्यवहार गरेको भन्दै सार्वजनिक रुपमा नै आलोचना गरेका थिए । सो पश्च्यात श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव विनोद केसीको अध्यक्ष्यतामा मंगलबार बसेको वीमा समितका अध्यक्ष चिरञ्जीवी चापागाईं, कार्यकारी निर्देशक राजुरमण पौडेल, वैदेशिक रोजगार विभागका महादिर्नेशक डा. भीष्मकुमार भूसाल सहितको बैठकले उक्त सहमति कायम गरेको थियो । सहमतिपछि अनलाइन प्रणालीबाट वीमाको प्रिमियम रकम भुक्तानी सहज बनाउन श्रम मन्त्रालयले वीमा समितिलाई पत्राचार समेत गरिसकेको छ । वीमा समितिले वैदेशिक रोजगार म्यादी वीमा सबै वीमा कम्पनीबाट गर्न सकिने र प्रिमियम अनलाइन प्रणालीबाटै भुक्तानी गर्न सहमति गरेको थियो ।

दलालको इन्ट्री समाप्त 

विभागले श्रम स्वीकृतिका लागि सबै प्रक्रिया अनलाइन मार्फत नै गर्ने भएपछि यस प्रक्रियामा दलालको इन्ट्री नै समाप्त हुने अपेक्षा गरिएको छ ।  हाल श्रम कार्यालय ताहाचलमा जाने श्रम प्रतिनिधिले कर्मचारीले घुस नखाई काम नगर्ने भन्दै म्यानपावर संचालकबाट रकम लिने गरेको आरोप लाग्दै आएको थियो । सामान्य फाइल नमिल्दा पनि कर्मचारीले रकम लिने गुनासो पनि अब समाप्त हुने विश्वाश विभागले लिएको छ ।

कुन काम कुन प्रक्रियामा पुगेर अड्किएको छ, वा भएको छैन, किन भएन ? लगायत सबै विवरण कारण खुलाएर सम्बन्धित कर्मचारीले अनलाइनमा नै लेख्नुपर्नेछ जसका कारण पनि काममा पारदर्शीता कायम हुनेछ । अनलाइन प्रणालीले डिमाण्ड पुर्व स्वीकृति र श्रम स्वीकृतिका लागि फाइल बोकेर विभाग जाने परम्पराको अन्त्य गर्नेछ ।  सूचना प्रणालीबाट श्रम स्वीकृतिको नक्कली स्टिकर बनाई ठगी गर्ने र कागजातको बाध्यता देखाएर रकम असुल्नेहरुलाई समेत यस प्रणालीले नियन्त्रण गर्न सघाउ पुग्ने विभागको ठहर छ ।

अनलाइन प्रणाली भएसंगै श्रम स्वीकृतिको प्रक्रियामा सकेसम्म म्यानपावर कम्पनी तथा विभाग मातहतका कर्मचारीहरुलाई प्रत्यक्ष भेटघाट नगराउने उद्देश्यसहित विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको शुरुवात गरेको हो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.