कोमाबाटै सेवानिवृत्त हुँदै डिआइजी श्रेष्ठ
रिपोर्टर्स नेपाल, १३ पौष । डिआइजी राजेन्द्रमान श्रेष्ठ । तीन वर्ष यता कोमामा छन् । १५ साउन २०७३ मा ब्याडमिन्टर खेल्दा खेल्दै ढलेर बेहोस भएका उनको मस्तिष्क निष्कृय भयो । शरीरको सबै अङ्ग भने चलेको छ ।श्रेष्ठ प्रहरी सेवामा प्रवेश गरे देखि नै होनहार अधिकृतका रुपमा चिनिन्थे । उनी जहाँ जहाँ खटिए त्यहाँ खुबी देखाएर बिदा भए । तर, एसएसपी भई पूर्व क्षेत्रमा खटिंदा उत्कृष्ट कार्य गर्दा गर्दै कोमा अवस्थामा काठमाडौं ल्याइए ।
आइजीपी सर्वेन्द्र खनालका ब्याची श्रेष्ठ एसएसपीमा बढुवा हुँदा रमेश खरेल, सर्वेन्द्र खनाल पछि तेस्रो नम्बरमा थिए । कोमामा पुगेपछि उनको एक नम्बरको डिआइजी बन्ने दौड रोकिएको थियो । खरेल र खनालबीचको दौडमा खनालले बाजी मारे । खरेलले राजीनामा दिएर आइजीपीको दौड छाडे । आइजीपीको दौडमा सर्वेन्द्र खनाल र कुनैबेला चौंथो नम्बरमा रहेका एसएसपी पुष्कर कार्की देखिए । बाजी खनालले नै मारे ।

श्रेष्ठ कोमामा पुगेबाट आइजीपी बन्ने सम्भावनामा पूर्णविरोम लाग्यो । उनी स्वस्थ भएको भए आइजीपी या एआइजी निश्चित रुपमा हुन्थे । कोमामा पुगेपछि उनी केही समय एसएसपी नै रहे ।
श्रेष्ठबारे चासो बढेपछि उनलाई नेपाल सरकारले विशेष पद सृजना गरी ५ भदौ २०७४ मा बढुवा सिफारिश गरिए । उनको बढुवाका लागि वर्तमान आइजीपी खनालले विशेष पहल गरेका थिए । गृह मन्त्रालयले नियमावली संशोधन गरेर भएपनि विशेष परिस्थिति भन्दै मन्त्रिपरिषदले बढुवा गरेको थियो ।आइजीपी खनालका ब्याची श्रेष्ठ कोमामा हुँदै २९ माघ २०७६ मा सेवानिवृत्त हुँदैछन् । कोमामा रहेकाले उनले डिआइजीमा बढुवा भएको जानकारी पाएनन् । सेवानिवृत्त भएको जानकारी पाउन उनी कोमाबाट उठ्नुपर्ने हुन्छ । त्यसैले श्रेष्ठ कोमामै सेवानिवृत्त हुने देखिदैछ ।
श्रेष्ठको उपचार प्रहरी अस्पतालमा भइरहेको छ । तीन वर्षयता कोमामा रहेपनि उनको परिवारले उठ्ने आशा राखेकै छ । कोमामा पुग्नु अघि डिआइजी राजेन्द्रमान श्रेष्ठ खेलप्रेमी थिए । नियमित पाँच किलोमिटर दौडन्थे । पाँच किलोमिटर नदौडिई चित्त बुझ्दैन भन्थे । नियमित ब्याडमिन्टन खेल्ने श्रेष्ठको स्थायी घर बाँके हो । २०४६ सालमा प्रहरी निरीक्षकबाट सेवारम्भ गरेका उनी कहिले विवादमा परेनन् । विदेशमा समेत देशको प्रतिनिधित्व गरेर पुग्दा अब्बल अधिकृतको परिचय बनाए ।-Photo credit: Janta TV and Facebook page of Rajendraman Shrestha
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
