किसानलाई हाते ट्र्याक्टर
बनेपा। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र वडा नं ९ को संयुक्त आयोजनामा पलाञ्चोकका किसानलाई २५ वटा हाते ट्र्याक्टर वितरण गरिएको छ । पाँचखाल नगरपालिका–९ को कार्यालयमा मङ्गलबार कार्यक्रमको आयोजना गरी नगरप्रमुख महेश खरेलले स्थानीय कृषकलाई ट्र्याक्टर वितरण गर्नुभएको हो ।
ट्र्याक्टर हस्तान्तरण गर्दै नगर प्रमुख खरेलले कृषिमा यान्त्रिकीकरण र व्यवसायीमा आधुनिकीकरण गर्ने उद्देश्यले ट्र्याक्टर वितरण गरेको बताउनुभयो । सो क्रममा किसानलाई सामग्रीको उचित प्रयोग गरी आम्दानीमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अनुदानमा पाएको भनेर दुरुपयोग नगरी कृषिलाई आधुनिकीकरणसँग जोडेर उत्पादन बढाउन प्रयोग गर्न अनुरोधसमेत गर्नुभयो ।पाँच जनाको समूह बनाएर वितरण गरिएको ट्र्याक्टरले १०० कृषक परिवारलाई समेट्ने वडाध्यक्ष किरण श्रेष्ठले बताउनुभयो । ५० प्रतिशत अनुदानमा कृषकले रु २० हजार ५०० तिर्ने गरी उपलब्ध गराइएको उहाँको भनाइ छ । किसानको समूह गठन गरी ती ट्र्याक्टर वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा नं ९ ले यसअघि पनि २७ वटा हाते ट्र्याक्टर वितरण गरेको थियो भने नगरपालिकाको–६ ले पनि यसअघि हाते ट्र्याक्टर वितरण गरिसकेको छ । त्यस्तै नगरपालिकाको समन्वयमा वडा नं ४ मा पनि हाते ट्र्याक्टर वितरण गर्ने तयारीमा लागेको पाँचखाल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लोकनारायण भण्डारीले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


