Jankari Kendra
२६ श्रावण २०८३, मंगलवार
Worldlink

पुस २१,सोमबारको राशिफल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, पुष, २०
पुस २१,सोमबारको राशिफल

जय गुरु देव !! जय भोले बाबा !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको पञ्चाङ्ग–
वि.सं. २०७६ पुस २१, सोमबार, इ.स. २०२० जनवरी ६, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० पोहेलाथ्व, पौष शुक्लपक्ष, एकादशी, २५:५३ उप्रान्त द्वादशी, नक्षत्र– भरणी, १२:४२ बजेउप्रान्त कृत्तिका, योग– साध्य, २२:४४ बजेउप्रान्त शुभ, करण– वणिज, १३:२३ बजेदेखि भद्रा, २५:५३ बजेउप्रान्त वव, आनन्दादिमा चर योग, चन्द्रराशि– मेष, १९:०५ बजेउप्रान्त वृष,सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:२१ बजे र दिनमान २६ घडी ० पला।व्रत/पर्व- पुत्रदा एकादशी व्रत।मन्वादि।

भोलिको- पञ्चाङ्ग–
वि.सं. २०७६ पुस २२, मंगलबार, इ.स. २०२० जनवरी ७, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० पोहेलाथ्व, पौष शुक्लपक्ष, द्वादशी, २६:२९ उप्रान्त त्रयोदशी, नक्षत्र– कृत्तिका, १४:०५ बजेउप्रान्त रोहिणी, योग– शुभ, २२:०४ बजेउप्रान्त शुक्ल, करण– वव, १४:१५ बजेदेखि वालव, २६:२९ बजेउप्रान्त कौलव, आनन्दादिमा गद योग, चन्द्रराशि– वृष,सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:२२ बजे र दिनमान २६ घडी २ पला। मुस्याडुली। त्रिपुष्कर योग १४:०५ बजेसम्म। सर्वार्थसिद्धि योग १४:०५ बजेसम्म।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला,व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला, आजको शुभ अंक १० रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,काम बिग्रने डरले पनि सताइरहनेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,आजको शुभ अंक १० रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
यथार्थमा लाभ भने कमै मिल्नेछ,कमजोरीले चिन्ता बढाउन सक्छ,भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ, आश्वासन दिनेहरूले झुक्याउन सक्छन्,रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुटन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ, व्यवसायमा लगानी बढाउनुपर्ला,समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्,आजको शुभ अंक ७ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ, अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,घर–गृहस्थीमा भने समस्या आउन सक्छ, परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ, आजको शुभ अंक ४ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,विगतका कर्मको उचित प्रतिफल पाइनेछ,कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ,प्रशस्त धन आर्जन गर्ने मौका छ,पढाइमा प्रगति हुनेछ,आजको शुभ अंक ११ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
जिम्मेवारी भने बढिरहनेछन्,बाध्यतापूर्ण काममै समय बित्न सक्छ,बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ,अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला,आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,आजको शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
महत्वाकांक्षी योजना फलीभूत होलान्,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ, तापनि, सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ,आजको शुभ अंक २ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,प्रेम र मित्रताको बन्धन कसिने बेला छ, व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ,व्यावसायिक यात्रा सम्भावना छ,आजको शुभ अंक १ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
गरेका कामबाट प्रशस्त लाभ हुनेछ,श्रमको उचित मूल्यांकन होला,नयाँ ज्ञान प्राप्त हुने योग छ,पढाइमा प्रगति हुनेछ, आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,पारिवारिक जमघटमा मन रमाउनेछ,आजको शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,पारमा पनि प्रशस्त फाइदा हुनेछ,आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला,आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
शत्रु र रोगबाट छुटकारा पाइनेछ, मुद्दा–मामिलामा विजयी भइनेछ,व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ,मन पर्ने वस्त्र,व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ,आजको शुभ अंक ९ रहेको छ।

Top Changing Nepal

युट्युब सट्स