पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने दाउन्नेमा सुरुङ मार्ग
नवलपरासी | पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सहित देशको बिभिन्न स्थानमा आधा दर्जन सुरुङ मार्ग निर्माणको लागि अध्ययन तीब्र गतिमा भईरहेको छ । सरकारको प्राथमिकतामा परेका बिभिन्न स्थान मध्ये नवलपरासीको दुम्किबासदेखि बर्दघाटसम्मको सुरुङ मार्ग निर्माणको पनि अध्ययन चलिरहेको छ ।
नवलपरासीमा बन्ने यो सुरुङ मार्गको लम्बाई ४.९ किलोमिटरदेखि ६.१० किलोमिटर लामो हुनेछ । जुन सुरुङ मार्गको ‘सम्भाव्यता अध्ययन’ प्रतिवेदन तयार भई निर्माण सम्भव देखिएको छ । यो सुरुङ मार्ग निर्माण ठूलो महत्वको रुपमा हेरिएको बताइएको छ ।
सरकारले देशका अन्य भूभागमा पनि प्राथमिकताका साथ सुरुङमार्ग निर्माणको कामलाई तीब्रता दिएको छ । नेपालमै पहिलो सुरुङ मार्गको रुपमा हाल काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्गको निर्माण कार्य भईरहेको अवस्थामा अन्य स्थानमा पनि सुरुङ निर्माणको कार्यले क्रमश निरन्तरता पाउने बताइएको छ ।
सरकारले सिन्धुली जिल्लामा पर्ने बीपी राजमार्गअन्तर्गतको खुर्कोटमा पनि सुरुङ निर्माणको ‘सम्भाव्यता अध्ययन’ सकेको छ भने दोलखा जिल्लाको लामाबगरमा सुरुङमार्गको ‘सम्भाव्यता अध्ययन’ प्रतिवेदन तयार भईसकेको अवस्था छ । त्यस्तै मध्यपहाडी राजमार्गअन्तर्गत पोखरा–बाग्लुङ खण्डको हेम्जामा, मकवानपुरको भीमफेदी–कुलेखानी खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार छ ।
यता चीनका राष्ट्रपतिको भ्रमणमा टोखा-छहरे सुरुङ मार्ग निर्माणमा प्रतिबद्धता भई अध्ययनको लागि चीनको टोलीले केहि दिन अघि मात्र टोखामा अध्ययन गरेको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
