चिसो मौसममा ओठ फुट्ने समस्या छ ? यस्ता छन् समाधानका उपाय
काठमाडौं । चिसो मौसम शुरु भएसँगै मानिसहरुमा विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरु देखिन्छन् । जाडोमा सवैभन्दा बढी ओठ फुट्ने समस्याले सताउने गर्छ । ओठ फुटेमा पोल्ने, बोल्न नहुने, खाना खान गाह्रो हुने लगायतका समस्या देखिन्छन् । त्यति मात्र नभएर मानिसहरुको ओठ फुटेपछि रगत समेत बग्न थाल्ने गर्छ । यी यावत समस्याको समाधानका लागि केही घरेलु विधि अपनाउन सकिन्छ ।
ओठ फुट्ने समस्या भएका ब्यक्तिहरुले भुलेर पनि ओठमा जिब्रोले चलाउनु हुँदैन् । यदि जिब्रोले बारम्बार ओठ छोएमा पनि सुख्खा भई फुट्छ । चिसो मौसममा ओठ फुट्ने धेरै सम्भावता भएकाले बाहिर निस्कदाँ चिल्लो पदार्थहरु मह, घीउ, नरिवलको तेल, दूधको तर वा लिप गार्ड लगाएर मात्र निस्कनुपर्छ ।
चिसोको समयमा धेरै धुम्रपान र मद्यपान गर्नाले पनि ओठ फुट्ने समस्या देखा पर्दछ । जाडोको समयमा ओठ मात्र होइन् , छाला पनि फुट्ने भएकाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । बाहिर बजारमा पाइने विभिन्न प्रकारको क्रिम पनि ओठमा लगाउनु हुदैन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
