• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • ६ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • ८ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • ९ घण्टा 

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २२ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • २३ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • २४ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १ दिन 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • १ दिन 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • ४. धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

  • ५. अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

  • ६. इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • ७. गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

  • ८. सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

  • ९. ६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

  • १०. लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

ईपीएलमा हसिम अमलासहित यी विदेशी खेलाडी आउने निश्चित

admin २०७६, पुष, २३

काठमाडौं । एभरेस्ट प्रिमियर लिग ईपीएलको चौथौं संस्करणमा चर्चित खेलाडी ड्यान स्मिथ, केसरिक विलियमस, महमद सहजाद, सुकुङ्गे प्रसन्ना, उपुल थरङ्गा र लिम प्लङकिट आउने भएका छन् । भने, युवराज सिहं र क्रिस गेललाई ल्याउने तयारी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी चैत १ गतेबाट सुरु हुने लिगका लागि उनीहरूलाई ल्याउन खोजिएको हो । विश्व क्रिकेटमा नाम चलेका ठूला खेलाडीलाई लिगमा भित्र्याउन आयोजकले सहभागी हुने फेन्चाइज टोलीसँग छलफल अगाडि बढाएको छ ।

युवराज सिंह टि–२० अन्तर्राष्ट्रियमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने एक मात्र खेलाडी हुन् भने क्रिस गेल टि–२० क्रिकेटमा विस्फोटक व्याटसम्यानका रूपमा चिनिन्छन् । युवराजले भारतबाट ५८ टि–२० अन्तर्राष्ट्रिय, ३०४ एकदिवसीय र ४० टेस्टम्याच खेली सकेका छन् । क्रिस गेलले वेस्ट इन्डिजबाट ५८ टि–२० अन्तर्राष्ट्रिय, ३०१ एकदिवसीय र १०३ टेस्टम्याच खेलिसकेका छन् । उनी युनिर्भसल बोसका नामले परिचित छन् ।

यसअघि दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमला आउने पक्का भइसकेको छ । उनलाई सहभागी हुने एक टोलीले लिनेछन् । ईपीएलमा ६ टोली सहभागी हुँदै आएका छन् । जसमा काठमाडौं गोल्डेन्स, ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवनटाइगर्स, विराटनगर वारियर्स र भैरहवा ग्यालियर्टस छन् । आयोजक अहिले सहभागी टोलीलाई खेलाडी रिटेन र रिलेजका लागि समय दिएको छ ।

राष्ट्रिय टोलीबाट खेलेका र खेलिरहेका पूर्वकप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, कुसल भुर्तेल, सुबास खकुरेल, दिपेन्द्रसिहं ऐरी, पवन सरार्फ, विनोद भण्डारी, वसन्त रेग्मी, करण केसी, प्रदीप ऐरी, शरद भेषवाकर, सुसन भारी, आरिफ शेख, अभिनास बोहरा, सन्दीप लामिछाने, सोमपाल कामी, रोहितकुमार पौडेल र ललितनारायण राजवंशीलाई पहिलो श्रेणीमा राखेको छ । खेलाडीलाई विभिन्न टोलीले आफ्नोमा राख्ने वा हटाउने लगायतका निर्णयका लागि आयोजकले बिहीबारसम्मको समय दिएको छ ।

आयोजकले यस वर्षबाट अन्य घरेलु लिग खेलेका विदेशी खेलाडीलाई सहभागी नगराउने निर्णय गरेको छ । नेपाली क्रिकेटको विकास र उन्नतिका लागि २०७३ सालबाट सुरु गरीएको एभरेस्ट प्रिमियर लिग क्रिकेट लिगले छोटो समयमै उचाइ लिएको छ । फेन्चाइज लिगमा अहिलेसम्मकै सर्वाधिक दर्शक र विदेशी खेलाडीलाई भित्र्याउन सफल यस लिग ईपीएल प्राइभेट लिमिटेडले आयोजना गर्दै आएको छ । हरेक वर्षको अन्तिम समयमा आयोजना हुने यस लिग टि–२० फम्यार्टमा हुन्छ ।

२०७३ सालम सीजी गुप्रको मुख्य प्रायोजनमा सुरु यस लिगमा अहिले विभिन्न ६ व्यावसायिक घराना जोडिएका छन् । विदेशी लिगको स्टाइलमा सञ्चालन हुँदै आएको यस लिगमा चियर लेडीसँगै मनोरञ्जनात्मक गतिविधि सञ्चालन हुँदै आएका छन् । विशेषतः काठमाडौंमा सञ्चालन हुने भएका कारण ईपीएलप्रति समर्थकको क्रेज बढ्दो छ । अन्य फेन्चाइज लिग काठमाडौं बाहिर सञ्चालन हुँदै आएका छन् । ईपीएल भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुँदै आएको छ ।

तेस्रो संस्करणसम्म आइपुग्दा पन्चकन्या तेज, ललितपुर प्याट्रियट्स र विराटनगर वारियर्सले एक–एक पटक उपाधि जितेका छन् । गतवर्ष ईपीएलमा दक्षिण अफ्रिकाका रिर्चड लेभीसहित इङल्यान्डका जोन सिम्ससोन, आयरल्यान्डका पाउल रोबेर्टो स्ट्रलिङ, नेदरल्यान्डका रायन टेन्डोस काटे आएका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

ताजा

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.