पतिसँग जन्मदिन मनाउँदै गर्दा विपाशालाई पूर्वप्रेमीको यस्तो सन्देश
काठमाडौं । विपाशा बसुले ७ जनवरीमा आफ्नो जन्मदिन मनाएकी छन् । यो खास दिन उनले पति करण सिंह ग्रोबरसँग मालद्वीपमा सेलिब्रेट गरेकी छन् । उनका साथीभाइ र बलिउडका कैयौं स्टारले उनलाई जन्मदिनको खास बधाई दिएका छन् । अभिनेता नील नीतिन मुकेश र उनका पति करणले विपाशाका लागि विशेष पोस्ट गरेका छन् ।
उनका पूर्वप्रेमी डिनो मोरियाकको पोस्टले भने सबैको ध्यान खिचेको छ । डिनोले आफ्नो इन्स्टाग्राममा विपाशासँगको पुरानो तस्बिर सेयर गरेका छन् । उक्त फोटो उनीहरूको डेटिङको समयको जस्तो लाग्छ । यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।
डिनो र विपाशा १९९० को दशकमा रिलेसनसिपमा थिए । विभिन्न कारण यो रिलेसनसिप टिक्न सकेन । २००२ मा उनीहरूको ब्रेकअप भयो । यो पुरानो तस्बिरका साथमा डिनोले बर्थडे विस मात्रै गरेनन्, क्याप्सन पनि लेखेका छन्, ‘गुड टाइम्स अलवेज ।’ तस्बिरमा विपाशा डिनो दुवैले सेतो पहिरन लगाएर कुनै रेस्टुराँमा डिनर गर्दै छन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

