गगन थापाले सरकार माथि लगाए गम्भीर आरोप
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संवैधानिक हकविरुद्ध भएको बताएका छन् । उनले विधेयक संसदबाट जस्ताको तस्तै पारित भए नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हक खोसिने बताउँदै सरकारका अरिङ्गालबाहेक कोही बाँकी नरहने टिप्पणी गरेका हुन् ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले विधेयक जस्ताको तस्तै पारित भए सरकार अरिङ्गालबाहेक कोही पनि बाँकी नरहने बताए । उनले भने, ‘सूचना प्रविधि विधेयक जस्ताको तस्तै पारित भए सरकारका अरिङ्गालबाहेक कोही बाँकी रहँदैनन् । नेकपा र अखिलका साथीहरूले बुझे हुन्छ, भीम रावल र रामकुमारी झाँक्री पनि पक्राउ पर्छन् ।’
उनले सूचना प्रविधि विधेयका विषयमा कडा कटाक्ष गर्दै भने, ‘यहाँ श्री ६ बडामहारानी विद्या भण्डारीको जय, श्री ५ प्रधानमन्त्री केपी ओलीको जय, श्री ३ प्रचण्डको जय भन्नेहरु टिक्छन् । अरु सबै सकिन्छन् ।’ उनले विधेयक संसदीय समितिबाट पारित भएसँगै सामाजिक सञ्जालमा विरोध जनाउँदै आएका छन् ।
विधेयक संसदीय समितिबाट पारित भए पनि संसदबाट यही स्वरुपमा पारित हुन नदिन कडा आन्दोलन गर्ने उनले बताए । विधेयकले अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित गर्न खोजेको बताउँदै यसकाविरुद्ध सबै तह र तप्काबाट सहयोग गर्न समेत उनले आग्रह गरेका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
