Jankari Kendra
३० आश्विन २०८३, शुक्रबार

माछाको लागि नयाँ पोखरी निर्माण गर्न अनुदान दिईने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, पुष, २७
माछाको लागि नयाँ पोखरी निर्माण गर्न अनुदान दिईने

बाँके। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत मत्स्य विकास तथा प्रर्वद्धन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी साझेदारीमा काम गर्न इच्छुक व्यवसायीक फार्म, नीजि उद्यमी, सहकारी, कृषकलाई सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र प्रस्ताव दर्ता गर्न आव्हान गरेको छ ।

संचालन हुने कार्यक्रमहरु :
१. नयाँ पोखरी निर्माण
२. प्राकृतिक जलाशय मर्मत संभार कार्यक्रम
३. विपन्न वर्गको लागि साना पोखरी निर्माण कार्यक्रम
४. अनुदानमा मेसिनरी औजार , इरेटर वितरण कार्यक्रम
५. जिउँदो माछा विक्रि वितरण स्टल निर्माण कार्यक्रम

थप जानकारीका लागि :
०८१ – ५२०२५४

सूचना हेर्नुहोस ।।

Top Changing Nepal

युट्युब सट्स