• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • ८ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • ९ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • ११ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १२ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • १२ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १४ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १५ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १६ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

आमालाई खुसी बनाउने सपना बोकेर साउदी गएको छोराको २२ दिनमै मृत्यु

admin २०७६, माघ, ७

पाल्पा : जुनबेला सुखी र खुसी हुने मनभरी सपना बोकेर नरमति जर्घा पूर्वखोला गाउपालिका–४ देविनगरको खुर्सानेडाँडाबाट जिल्लाको सदरमुकाम तानसेन आइपुगिन्। त्यहिबेला देखिनै त्यसको ठीक उल्टो उनको जीवनमा दुःखका दिनहरु सुरुवात भए। सुखभन्दा पनि उनलाई दुखले नै बढी घेर्न थाल्यो। ‘आजभन्दा २३ वर्ष पहिले सुख र खुसीको खोजीमा श्रीमानको साथ लागेर तानसेन बजारमा बस्नेगरी आएकी थिएँ’ ती दिन सम्झिदै उनले भनिन् ‘भाग्यले ठीक उल्टो ल्याइदियो। सुख र खुसी कस्तो हुन्छ भन्ने कुराको अहिलेसम्म महसुस गर्न पाएकी छैन्।’

तीन जना छोराछोरी गाउँबाट नै बोकेर आएकी थिए। तानसेन आएको एक वर्षमा कान्छो छोरा जन्मियो। सुत्केरी अवस्थामा पनि उनले मजदुरी गर्नु परेको थियो। उनको चारजना साना छोराछोरी थिए। ‘श्रीमानको एक्लो कमाइले खान बस्न पुग्दैनथ्यो’ उनले थपिन् ‘काखमा सानो बच्चा च्यापेर सिमेन्ट, बालुवा मुछ्ने र ढुंगा, इट्टा बोक्ने काम गरे।’ श्रीमान र आफुको कमाइले जेनतेन खानबस्न पुगेको थियो। तर केहि वर्षपछि आफुसँगै मजदुरी गर्दै आएका श्रीमानको मृ’त्यु भयो। श्रीमानको मृ’त्युको बेला छोराछोरी पनि साना थिए। अब ती छोराछोरी हुर्काउने सम्पूर्ण जिम्मेवारी नरमतिको काँधमा आयो।

उन लाई झनै दुःखका भारीले च्याप्न थाल्यो । तरपनि एक्लो मजदुरीले छोराछोरीलाई हर्काइन् । दुइ छोरीको विहे भइसकेको छ भने जेठो छोराले बिहे गरिसकेका छन् । उनले आफ्नै परिवार हेर्दै आएका छन्। आफुसँग कान्छो छोरा बस्दै आएको नरमतिले बताइन् ।पछिल्लो समयमा दुःखबाट मुक्त हुने आशामा रहेकी उनलाई अर्को ब’ज्रपात निम्तिएको छ। आजभन्दा १० वर्ष पहिले ५५ वर्षीय श्रीमान् गुमाएकी ६० वर्षीय नरमतिलाई अहिले कान्छो छोरा गु’माउनु परेको अर्को पीडा थपिएको छ। ठूलो संघर्षले छोराछोरी हुर्किएर दुःख भुल्न थालेकी उनलाई कान्छो छोराको मृ’त्युले संसारनै अँध्यारोजस्तो लागेको छ।

साहरा दिने कान्छो छोरा मोहनको मृत्युले उनी भा’वविह्वल बनेकी छन्। गएको पुस १ गते कान्छो छोरा मोहन वैदेशिक रोजगारको लागि साउदी अरबतिर लागेका थिए भने उनका दाई कृष्णबहादुर जर्घा अर्को दिन पुस २ गते मलेसियातर्फ उडेका थिए। संयोग दुइ भार्ईको वैदेशिक यात्रा एक दिनको फरकमा भएको थियो। आफु सुखी र आमालाई खुसी बनाउने मनभरी सपना बोकेर साउदी गएका मोहनको सपना सपनामै सिमित हुन पुग्यो। उनले बुनेको सपनाको महल साउदी अरबको खाडीमा ढलेको छ। २२ वर्षीय मोहनको साउदी अरब पुगेको २२ दिनमै मृ’त्यु भएको हो।

ड्युटी सकेर कोठामा फर्कदै गर्दा सवारी दु’र्घटनामा परेर उनको मृत्यु भएको दाजु कृष्णले बताए। साइकलमा आउदै गरेका उनलाई एउटा कारले ठ’क्कर दिएको थियो। साउदीको रियादमा गएको पुस २३ गते मृ’त्यु भएका मोहनको अहिलेसम्म श’व नेपालमा आउन सकिरहेको छैन्। ‘कान्छो छोरा मोहनले विदेश हिड्ने बेलामा भनेको थियो ‘म पैसा कमाएर आउछु र पहिले आमा तिमी बस्ने घर बनाउछु’ दुवै आँखाको गहभरी टिलपिल आँशु लिदै नरमतिले भनिन् गएको एक महिना नपुग्दै मृ’त्यु भएको खबरले म बाँचुलाजस्तो लागेको छैन्। एक्कासी भक्कानिएकी उनी राम्रोसँग बोल्न समेत सकिनन्।

दुई दशकबढी तानसेनमा मजदुरी गर्दै आएकी नरमतिको बस्ने आफ्नै घर छैन्। जब कि घर बनाउनको लागि घडेरी समेत छैन्। उनी अहिलेसम्म भाडाको कोठामा बस्दै आएकी छन्। छोराको मृत्युपछि घरभाडा समेत कसरी तिर्ने भन्ने चिन्तामा छन् उनी। उल्टै साहुको ऋणले थिचिएकी छन्। कान्छो छोरा साउदी अरब जाँदा तीन लाख ऋण लागेको उनले बताइन्। क्याफेमा काम गर्न जान पाउने भएपछि मोहनले काठमाडौंमा बसेर एक महिना कफी बनाउने तालिम लिएका थिए। भाइको मृ’त्युको खबर पाएलगत्तै कृष्ण २७ दिनमा मलेसियाबाट घर फर्किएका छन्।

‘घरमा आमा बे’हाल अवस्थामा हुनुहुन्छ’ उनले भने ‘भाइको श’व छिटो घरमा ल्याउन पाए हुन्थ्यो। आफुले चिनेको ठुला मान्छे कोही नभएकोले भाइको श’व नेपाल कहिले आउने हो? भन्नेमा अन्योलता छाएको कृष्णले बताए। उनी ३६ दिनको छुट्टी लिएर आ’कस्मिक घर आएका हुन्। भा’वविह्वल अवस्थामा रहेकी आमालाई सम्हाल्दानै उनको दिनहरु बितिरहेको छ। भाइको श’व झिकाउने प्रक्रियाबारे उनी अ’नविज्ञ छन्। भाइलाई पठाएको म्यानपावरले दिएको आश्वासनमा आफुहरुले पर्खि रहेको उनले बताए। मोहन काठमाडांैको सिनामंगलस्थित फजल इन्टरनेशनल प्रालिबाट साउदी अरबको रियाद पुगेका थिए।

श’व नेपाल ल्याउने प्रक्रिया चलिरहेको आश्वासन प्रालिबाट पाएको कृष्णले बताए। यद्यपि १२ दिन पुग्दा समेत श’व आउने सुरसार नदेख्दा कृष्णको परिवारमा झनै निराशा थपिएको छ। उनले भाइको श’व जतिसक्दो छिटो नेपाल ल्याइलिन नेपाल सरकारसँग आग्रह गरे। श’व नेपाल ल्याउने प्रक्रिया अगाडि बढिरहेको प्रालिका अध्यक्ष लक्षिराम ढुंगानाले बताए। ‘श’व जतिसक्दो छिटो नेपाल ल्याउनेगरी हामीले पहल गरिरहेका छौं’ ‘उनले भने तर साउदीमा रहेको नेपाली राजदुतावासले प्रयास नगर्दासम्म छिटो झिकाउन सकिदैन्।’

श’व कहिलेसम्म नेपाल आउछ भन्नेमा उनी पनि अ’न्योलमा छन्। मोहनको मृत्युपश्चात परिवारले पाउने राहतको बारेपनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि नबढेको स्थानीय बीरबहादुर रानाले बताए। ‘मजदुरी गरेर जिविको चलाउदै आएको यो परिवारमा दुःखद् घ’ट्ना घ’टेको छ’ उनले भने ‘नियमसँगत पाउने रातह र श’व घरमा ल्याइदिने काम छिटोभन्दा छिटो सम्बन्धित निकायले गर्नुपर्छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.