• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आमालाई खुसी बनाउने सपना बोकेर साउदी गएको छोराको २२ दिनमै मृत्यु

पाल्पा : जुनबेला सुखी र खुसी हुने मनभरी सपना बोकेर नरमति जर्घा पूर्वखोला गाउपालिका–४ देविनगरको खुर्सानेडाँडाबाट जिल्लाको सदरमुकाम तानसेन आइपुगिन्। त्यहिबेला देखिनै त्यसको ठीक उल्टो उनको जीवनमा दुःखका दिनहरु सुरुवात भए। सुखभन्दा पनि उनलाई दुखले नै बढी घेर्न थाल्यो। ‘आजभन्दा २३ वर्ष पहिले सुख र खुसीको खोजीमा श्रीमानको साथ लागेर तानसेन बजारमा बस्नेगरी आएकी थिएँ’ ती दिन सम्झिदै उनले भनिन् ‘भाग्यले ठीक उल्टो ल्याइदियो। सुख र खुसी कस्तो हुन्छ भन्ने कुराको अहिलेसम्म महसुस गर्न पाएकी छैन्।’

तीन जना छोराछोरी गाउँबाट नै बोकेर आएकी थिए। तानसेन आएको एक वर्षमा कान्छो छोरा जन्मियो। सुत्केरी अवस्थामा पनि उनले मजदुरी गर्नु परेको थियो। उनको चारजना साना छोराछोरी थिए। ‘श्रीमानको एक्लो कमाइले खान बस्न पुग्दैनथ्यो’ उनले थपिन् ‘काखमा सानो बच्चा च्यापेर सिमेन्ट, बालुवा मुछ्ने र ढुंगा, इट्टा बोक्ने काम गरे।’ श्रीमान र आफुको कमाइले जेनतेन खानबस्न पुगेको थियो। तर केहि वर्षपछि आफुसँगै मजदुरी गर्दै आएका श्रीमानको मृ’त्यु भयो। श्रीमानको मृ’त्युको बेला छोराछोरी पनि साना थिए। अब ती छोराछोरी हुर्काउने सम्पूर्ण जिम्मेवारी नरमतिको काँधमा आयो।

उन लाई झनै दुःखका भारीले च्याप्न थाल्यो । तरपनि एक्लो मजदुरीले छोराछोरीलाई हर्काइन् । दुइ छोरीको विहे भइसकेको छ भने जेठो छोराले बिहे गरिसकेका छन् । उनले आफ्नै परिवार हेर्दै आएका छन्। आफुसँग कान्छो छोरा बस्दै आएको नरमतिले बताइन् ।पछिल्लो समयमा दुःखबाट मुक्त हुने आशामा रहेकी उनलाई अर्को ब’ज्रपात निम्तिएको छ। आजभन्दा १० वर्ष पहिले ५५ वर्षीय श्रीमान् गुमाएकी ६० वर्षीय नरमतिलाई अहिले कान्छो छोरा गु’माउनु परेको अर्को पीडा थपिएको छ। ठूलो संघर्षले छोराछोरी हुर्किएर दुःख भुल्न थालेकी उनलाई कान्छो छोराको मृ’त्युले संसारनै अँध्यारोजस्तो लागेको छ।

साहरा दिने कान्छो छोरा मोहनको मृत्युले उनी भा’वविह्वल बनेकी छन्। गएको पुस १ गते कान्छो छोरा मोहन वैदेशिक रोजगारको लागि साउदी अरबतिर लागेका थिए भने उनका दाई कृष्णबहादुर जर्घा अर्को दिन पुस २ गते मलेसियातर्फ उडेका थिए। संयोग दुइ भार्ईको वैदेशिक यात्रा एक दिनको फरकमा भएको थियो। आफु सुखी र आमालाई खुसी बनाउने मनभरी सपना बोकेर साउदी गएका मोहनको सपना सपनामै सिमित हुन पुग्यो। उनले बुनेको सपनाको महल साउदी अरबको खाडीमा ढलेको छ। २२ वर्षीय मोहनको साउदी अरब पुगेको २२ दिनमै मृ’त्यु भएको हो।

ड्युटी सकेर कोठामा फर्कदै गर्दा सवारी दु’र्घटनामा परेर उनको मृत्यु भएको दाजु कृष्णले बताए। साइकलमा आउदै गरेका उनलाई एउटा कारले ठ’क्कर दिएको थियो। साउदीको रियादमा गएको पुस २३ गते मृ’त्यु भएका मोहनको अहिलेसम्म श’व नेपालमा आउन सकिरहेको छैन्। ‘कान्छो छोरा मोहनले विदेश हिड्ने बेलामा भनेको थियो ‘म पैसा कमाएर आउछु र पहिले आमा तिमी बस्ने घर बनाउछु’ दुवै आँखाको गहभरी टिलपिल आँशु लिदै नरमतिले भनिन् गएको एक महिना नपुग्दै मृ’त्यु भएको खबरले म बाँचुलाजस्तो लागेको छैन्। एक्कासी भक्कानिएकी उनी राम्रोसँग बोल्न समेत सकिनन्।

दुई दशकबढी तानसेनमा मजदुरी गर्दै आएकी नरमतिको बस्ने आफ्नै घर छैन्। जब कि घर बनाउनको लागि घडेरी समेत छैन्। उनी अहिलेसम्म भाडाको कोठामा बस्दै आएकी छन्। छोराको मृत्युपछि घरभाडा समेत कसरी तिर्ने भन्ने चिन्तामा छन् उनी। उल्टै साहुको ऋणले थिचिएकी छन्। कान्छो छोरा साउदी अरब जाँदा तीन लाख ऋण लागेको उनले बताइन्। क्याफेमा काम गर्न जान पाउने भएपछि मोहनले काठमाडौंमा बसेर एक महिना कफी बनाउने तालिम लिएका थिए। भाइको मृ’त्युको खबर पाएलगत्तै कृष्ण २७ दिनमा मलेसियाबाट घर फर्किएका छन्।

‘घरमा आमा बे’हाल अवस्थामा हुनुहुन्छ’ उनले भने ‘भाइको श’व छिटो घरमा ल्याउन पाए हुन्थ्यो। आफुले चिनेको ठुला मान्छे कोही नभएकोले भाइको श’व नेपाल कहिले आउने हो? भन्नेमा अन्योलता छाएको कृष्णले बताए। उनी ३६ दिनको छुट्टी लिएर आ’कस्मिक घर आएका हुन्। भा’वविह्वल अवस्थामा रहेकी आमालाई सम्हाल्दानै उनको दिनहरु बितिरहेको छ। भाइको श’व झिकाउने प्रक्रियाबारे उनी अ’नविज्ञ छन्। भाइलाई पठाएको म्यानपावरले दिएको आश्वासनमा आफुहरुले पर्खि रहेको उनले बताए। मोहन काठमाडांैको सिनामंगलस्थित फजल इन्टरनेशनल प्रालिबाट साउदी अरबको रियाद पुगेका थिए।

श’व नेपाल ल्याउने प्रक्रिया चलिरहेको आश्वासन प्रालिबाट पाएको कृष्णले बताए। यद्यपि १२ दिन पुग्दा समेत श’व आउने सुरसार नदेख्दा कृष्णको परिवारमा झनै निराशा थपिएको छ। उनले भाइको श’व जतिसक्दो छिटो नेपाल ल्याइलिन नेपाल सरकारसँग आग्रह गरे। श’व नेपाल ल्याउने प्रक्रिया अगाडि बढिरहेको प्रालिका अध्यक्ष लक्षिराम ढुंगानाले बताए। ‘श’व जतिसक्दो छिटो नेपाल ल्याउनेगरी हामीले पहल गरिरहेका छौं’ ‘उनले भने तर साउदीमा रहेको नेपाली राजदुतावासले प्रयास नगर्दासम्म छिटो झिकाउन सकिदैन्।’

श’व कहिलेसम्म नेपाल आउछ भन्नेमा उनी पनि अ’न्योलमा छन्। मोहनको मृत्युपश्चात परिवारले पाउने राहतको बारेपनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि नबढेको स्थानीय बीरबहादुर रानाले बताए। ‘मजदुरी गरेर जिविको चलाउदै आएको यो परिवारमा दुःखद् घ’ट्ना घ’टेको छ’ उनले भने ‘नियमसँगत पाउने रातह र श’व घरमा ल्याइदिने काम छिटोभन्दा छिटो सम्बन्धित निकायले गर्नुपर्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.