रिसोर्टमा बास बसेका आठ भारतीय पर्यटकको मृत्यु
मकवानपुर । थाहा नगरपालिका सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा बास बसेका आठ जना भारतीय पर्यटकको मृत्यु भएको छ । आज बिहान होटलमै अचेत अवस्थामा भेटिएका उनीहरुमध्ये एक जनाको घटनास्थलमै र बाँकीको काठमाडौंको ह्याम्स अस्पतालमा मृतक घोषणा गरिएको हो ।
दुई कोठा लिएर बसेका उनीहरु भारतको केरला प्रदेशका भएको प्रहरीले जनाएको छ । उनीहरु ४ महिला र ४ पुरुष रहेका छन् । ती पर्यटकहरु दुई कोठामा बसेको भए पनि बेहोस अवस्थामा एकै कोठामा भेटिएको प्रहरीले जनाएको छ । चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
अचेत अवस्थामा रहेका भारतीयहरुलाई हेलिकप्टरमार्फत काठमाडौं स्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो । उनीहरु नागपोखरीमा रहेको इजी कम्पनीबाट हेटौंडा आएको बुझिएको छ । उनीहरु कटेजमा बसेका थिए । टोलीमा १५ जना थिए । मृतकहरुको सनाखत गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
