तिर्थयात्राको लागि भारत गएका ६ जना नेपालीको गयो ज्यान
जानकारी केन्द्र
२०७६, फाल्गुन, ८
काठमाडौं । सवारी दुर्घटनामा परेर भारतमा ६ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । भारतको सलिम–बैंगलुरु राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने ओमालुरमा दुर्घटना भएको भारतीय पत्रिका ‘द हिन्दू’ को अनलाइन संस्करणमा उल्लेख गरिएको छ । कन्याकुमारीको दर्शन गरेर फर्किएका नेपालीहरु सवार मिनीबस दुर्घटनामा परेको जनाइएको छ ।
भारतीय प्रहरीका अनुसार नेपाली भक्तजन कन्याकुमारीको दर्शन गरेर बैंगलुरुतर्फ फर्किँदै थिए । कन्याकुमारीबाट फर्किने क्रममा नारिपल्लम भन्ने ठाउँमा एउटा मन्दिर नजिक आराम गर्न रोकिएको नेपाली भक्तजन चढेको बसलाई बैंगलुरुबाट आइरहेको एउटा निजी बसले ठक्कर दिएको जनाइएको छ ।
भारतीय प्रहरीले मृतक नेपालमध्ये ३ जनाको पहिचान खुलेको जनाएको छ । जसमध्ये ५६ वर्षीय गोपाल तामाङ, ६ वर्षीय विष्णु दाहाल र ५५ वर्षीय हितसरी चौधरी छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
