• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० जेठ २०८३, शनिबार
३० जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?
  • १६ घण्टा 

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने
  • १६ घण्टा 

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
  • ३ दिन 

सुनचाँदीको मूल्य आज पनि घट्यो
  • ३ दिन 

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना
  • ३ दिन 

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार
  • ५ दिन 

एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा
  • ५ दिन 

सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक
  • ५ दिन 

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • ६ दिन 

लोकप्रिय समाचार

  • १. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

  • ४. २४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

  • ५. आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

  • ६. सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक

  • ७. एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा

  • ८. चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

  • ९. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • १०. सुनचाँदीको मूल्य आज पनि घट्यो

राजसंस्था कायम गर्न राजेन्द्र लिङ्देनकाे प्रस्ताव

admin २०७६, फाल्गुन, १९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिंङ्देनले राष्ट्र पहिचानका रूपमा संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न प्रस्ताव गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभाका सदस्यले पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्न संविधान संशोधनको तयारी गरेकै समयमा उनले राष्ट्र पहिचानका रूपमा संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न प्रस्ताव गरेका हुन् ।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘निर्वाचन प्रणालीमा सुधार गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक प्रणालीबाट संसदको गठन हुने व्यवस्था गरौं । संविधानको विशेष विशेषता र राष्ट्र पहिचानका रूपमा सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र दलीय राजनीतिभन्दा माथि रहेको संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गरौं ।’

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको विशेष समयमा राप्रपा सांसद लिङ्देनले राखेको मन्तव्यको अंश;
केही दिनअघि सत्ता पक्षबाटै संविधान संशेधनको कुरा सुनिएको थियो । मलाई लाग्छ सत्ता पक्षले संविधान संशोधनको विषय उठाएर ठिकै गरेको छ । मैले पहिले पनि भनेको छु संविधान गीता, कुरान, बाइबल जस्तो असंशोधनीय किताब होइन । आवश्यक परे संशोधन हुन्छ र फेरिन्छ पनि । तर, त्यो संशोधन व्यक्तिका लागि, परिवारका लागि, स्वार्थ समूहका लागि होइन । जनताका लागि देशका लागि हुनपर्छ ।

सत्ता पक्षलाई मेरो आग्रह छ, जनताबाट प्राप्त वर्तमान सत्ता र शक्तिलाई व्यक्तिका लागि, परिवारका लागि र स्वार्थ समूहका लागि प्रयोग गरेर आफैं अस्थिरताको कारण नबन्नुहोस् । ऐतिहासिक अवसरलाई दुरुपयोग नगर्नुहोस् । सभामुख महोदय, दबाबमा, प्रभावमा र हतारमा संविधान निर्माण गर्दा थुप्रै कमजोरीहरू भए । जसका कारण सरकार या व्यक्ति परिवर्तनले अवस्थामा केही फरक परेको छैन । अहिले प्रमुख समस्या नै प्रणालीमा रहेको त्रुटि नै हो । त्यसलाई संशोधन गरेर सच्याउन सकिन्छ । संविधान संशोधन गर्ने नै हो भने सत्तापक्ष र प्रमुख प्रतिपक्षसमेतलाई पनि आग्रह गर्छु, संशोधन निम्न कुरामा गरौं । झण्डै ४० हजार जनप्रतिनिधि र तीन तहको सरकार देशलाई बोझ र अव्यावहारिक भयो ।

तपाईंहरुलाई संघीयता शब्द प्यारो छ भने हामीलाई आपत्ति छैन । तर, यो तीन तहको संरचना खारेज गरेर बलियो, अधिकार सम्पन्न र व्यवस्थित स्थानीय तह भएको दुई तहको संरचना निर्माण गरौं । जनप्रतिनिधिको संख्या घटाऔं । संवैधानिक अंगहरूमा हुने नियुक्ति स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाऔं । निर्वाचन प्रणालीमा सुधार गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक प्रणालीबाट संसदको गठन हुने व्यवस्था गरौं । संविधानको विशेष विशेषता र राष्ट्र पहिचानका रूपमा सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र दलीय राजनीतिभन्दा माथि रहेको संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गरौं ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन

ताजा

फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

सुनचाँदीको मूल्य आज पनि घट्यो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.