ट्रकमा मोटरसाइकल ठोक्किँदा बाबुको मृत्यु, ५ वर्षीय छोरा घाइते
जानकारी केन्द्र
२०७६, फाल्गुन, २२
चितवन । नारायणगढ–मुग्लिन खण्ड अन्तर्गत जुगेडीमा बिहीबार दिउँसो पौने दुई बजे रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको ज्यान गएको छ । मोटरसाइकल पछाडि बस्ने अन्य दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार काठमाडौंबाट नारायणगढ तर्फ आइरहेको ना ३० प ९५६९ नम्बरको मोटरसाइकल जुगेडीमा रोकिराखेको ना ७ ख ४९५१ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा सख्त घाइते मोटरसाइकल चालक नवलपुरको कावासोती ९ बस्ने नरबहादुर थापाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । मोटरसाइकलको बीचमा बस्ने थापाका ५ वर्षीय छोरा विवश र पछाडि बस्ने २७ वर्षीय अमृत बोहोराको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
