• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • ७ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • ७ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १० घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १० घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • ११ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १३ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १४ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १४ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

स्वास्थ्य मन्त्रालयको चरम लापरबाही : सात करोडको र्‍यापिड टेस्ट किट कामै नलाग्ने

admin २०७६, चैत्र, १९

काठमाण्डौ । चरम आर्थिक अनियमितता गरेर खरिद गरिएको कोरोना भाइरसको उपचार तथा  परीक्षण सामग्रि प्रयोग गर्न अयोग्य रहेको खुलासा भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षणमा हालसम्म विश्व स्वास्थ्य संगठनले स्विकृती नदिएको र्‍यापिड टेस्ट किट खरिद गरेको पाइएको हो।

कोरोनाको स्वास्थ्य सामग्री खरिदका लागि दूई महिनाअघिको प्रक्रिया रद्द गरेर लकडाउनको समयमा तीन घन्टाभित्र महँगोमा सामग्री खरिद गर्ने सम्झौता गरेको मन्त्रालयले कोरोना परीक्षणमा कामै नलाग्ने किट खरिद गरेको पाइएपछि चौतर्फि आलोचना भएको छ।

विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सरकारले किनेपछि त्यसमाथि चौतर्फी प्रश्न उठेको छ। सरकारले चीनबाट सात करोड रूपैयाँभन्दा बढी लागतमा ७५ हजार त्यस्ता किट किनेको छ।

चीनमा बनेका त्यस्तो किटले १० देखि १५ मिनटमै कोरोना भाइरस (कोभिड-१९) पत्ता लगाउन सक्छ। तर त्यसको परिणाम भरपर्दो हुँदैन। यसले संक्रमित व्यक्तिको नतिजा पनि नेगेटिभ देखाइदिँदा संक्रमितहरू समुदायमा जाने र त्यसले अर्को खतरा निम्त्याउने भन्दै विज्ञहरूले यसको प्रयोगमा निरुत्साहित गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबिसिआई)सँग सामाग्री खरिदको सम्झौता गरेको थियो।

आबिसिआईले चीनबाट विश्व स्वास्थ्य संगठनले अनुमति नै नदिएको र्‍यापिड टेस्ट किट ल्याएको हो। चीनबाट आइबिसिआईले स्वास्थ्य मन्त्रालयमा ७५ हजार थान यस्ता किट ल्याएको छ। मन्त्रालयले प्रति किट ८ डलरमा यस्ता किट खरिद गरेको हो। ७५ हजार किटका लागि ६ लाख डलर अर्थात ७ करोड २० लाख नेपाली रुपैयाँ परेको छ।

मन्त्रालयले खरिद गरेको उक्त किटको प्रभावकारितमा प्रश्न उठेपछि स्पेनले फिर्ता गरेको थियो। विश्व स्वास्थ्य संगठनले पनि उक्त किट प्रयोग नगर्न भनेको छ।स्वास्थ्य मन्त्रालयको मंगलबारको नियमित कोरोना ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले समेत यस्ता किट प्रयोग गर्न नहुने बताएका थिए।

डा कार्कीले ती टेष्ट कीटहरु विश्व स्वास्थ्य संगठनले जाँचका लागि गुणस्तरीय नभएको भन्दै अनुमति नदिएकोले प्रयोग नगर्न अनुरोध गरेका थिए ।

तर, यस्ता किट खरिदका लागि स्विकृती दिने क्रममा भने उनकै हस्ताक्षर समेत छ । कोभिड १९ को रोकथाम तथा व्यवस्थापनको सामग्री आपूर्तिको विवरणमा डा कार्कीले समेत हस्ताक्षर गरेको छन् ।कीट लगायतका उपकरणहरु प्रक्रिया मिचेर खरिद गरिएको भन्दैै सरकारको आलोचना भइरहेको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.