कोरोना स्वास्थ्य सामाग्री खरिद काण्डका मुख्य योजनाकार युवराज शर्मामाथि कारबाही हुने
कोरोना भाइरसको रोकथामका लागि चीनबाट कम गुणस्तरको सामान ल्याउने योजनाकारहरुमाथि सरकारले छानविन बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सामान खरिदमा अनियमितताको विषय उठेपछि चासो देखाएकाले अनुसन्धान बढेको हो । यसमा मुख्य पात्र युवराज शर्मा हु्न । उनीमाथ छानविन बढेको र कारबाही हुनसक्ने विश्वस्त स्रोतले जानकारी दिएको छ ।
सरकारी तवरबाट छानविन बढाइएको बुझिएको छ । सामान आपूर्तिमा अनियमितताको विषय उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका हुन् । त्यसपछि यस मामलाको अनुसन्धान बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत सामान खरिदमा भ्रष्टाचार भएको भन्दै उजुरी परेको छ । दोब्बर देखि सात गुनासम्म बढी मूल्य तिरेर सामान ल्याएको पाइएको छ । अर्कोतर्फ कतिपय युरोपेली देशहरुले कम गुणस्तरको भनी खरिद नै रोकेका सामानहरु ल्याइएको तथ्य खुलेको छ ।
यो प्रकरणमा मुख्य योजनाकार युवराज शर्मा रहेको खुलिसकेको छ । ह्वाइट हाउस कलेजका संचालक उनीमाथि अख्तियारले अनुसन्धान अगाडि बढाइसकेको बुझिएको छ ।
ओबीसीआईमार्फत सामान ल्यान चारजना ठेकेदार मिलेका थिए । जसमा विशाल पण्डित, तुलहरि सिंह, र रवीन्द्र श्रेष्ठ मुख्य हुन् । उनीहरुको निकटता वर्तमान सरकार नजिक व्यवसायी र प्रशासकहरुसँग रहेको बुझिएको छ । सबै योजना ह्वाइट हाउस कलेजका संचालक युवराज शर्माले बनाएका हुन् ।


विशाल पण्डित हस्पिटेकसँग सम्बन्धित छन् । उनले आफ्नो कम्पनि विवादमा परेपछि ओबीसीआईमार्फत् अन्य आपूर्तिकर्ता कम्पनिका व्यक्तिहरुलाई मिलाएर युवराज शर्मामार्फत् काम अगाडि बढाएको विश्वस्त स्रोतले बताएको छ ।
ठेक्का पाएको ओबीसीआईमा मुख्य व्यक्ति तुलबहादुर सिंह उल्ल्ेख छ । तुहा हरि अध्यक्ष, केशबबहादुर सिंह प्रबन्ध निर्देशक र पारस केसी प्रबन्धक राखिएको छ । यो कम्पनिले देशभित्र आइटीसम्बन्धी काम गरेको भनिएको छ ।
हिमालयन बैंकले ९ करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी उपलब्ध गराएको छ । ठेक्काका लागि ओबीसीआईले बैंक ग्यारेन्टी पाएको थियो ।
स्वास्थ्य सामाग्री महङ्गोमा खरिद गरेको स्वीकारेपनि स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र प्रसाद श्रेष्ठ एक रुपैयाँ भ्रष्टाचार नभएको दाबी गर्दै आएका छन् । उनले खरिदमा भ्रष्टाचार भएको प्रमाणित गर्न चुनौती दिए । प्रमाणित भए झुण्डन तयार भएको बताए ।
यसअघि ग्वाङजाओमा बस्दै आएका एकजना नेपाली व्यापारी नविन विकले सामाजिक सञ्जालमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई खुल्लापत्र लेख्दै करोडौंको अनियमितता भएको प्रआरोप लगाएका थिए । उनले चीनमा पर्ने मूल्य र नेपाल सरकारले खरिद गरेको मूल्यको फरक उल्लेख गर्दा मुख्य सामाग्रीको ४४ लाख ४० हजार डलर मूल्य फरक आएको देखिन्छ । यो ५५ करोड नेपाली रुपैयाँ हो । झण्डै एक अर्बको सामान खरिद गर्दा आधाभन्दा बढी अनियमितता भएको उनको आरोप छ । हरेक सामाग्रीमा करोडौंको अनियमितता भएको तथ्यांकनै प्रस्तुत गरेका छन् । उनले लेखेका छन्, ‘कोरोना टेष्टको पिसिआर किटमा १४ करोड, चश्मामा १५ करोड, गाउनमा ११ करोड गरी केही सामानको मात्र आँकडा छुट्याएको छु, बाँकी त कति छन् कति ।’
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
