लकडाउन सफल यो लम्बिन सक्छ, विदेशका नेपालीलाई ल्याउन सकिँदैन् : मन्त्री ज्ञवाली
काठमाडौं, २१ चैत्र । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउन सफल भएको बताएका छन् । आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्
उनले भनेका छन्,”सरकारले लगाएको यो लकडाउन सफल भयो । यो लम्बिन सक्छ । तर, खुकुलो हुँदैन् । उनकाअनुसार ईट्टाभट्टामा काम गर्ने, ठूला ठूला जलबिद्युत आयोजना, मेलम्ची खानेपानी आयोजनालगायतका केही महत्वपूर्ण परियोजनाहरु चलाउन दिईने तर अरु सबै बन्द गरिनेछ ।”उनले कोरोनाविरुद्ध लड्नको लागि लकडाउन उत्तम विकल्प भएकोले सरकारले यो कदम चालेको पनि स्पष्ट पारे ।
त्यस्तै, उनले विदेशमा रहेका नेपालीलाई तत्काल नेपाल ल्याउन नसकिनेपनि स्पष्ट पारे । उनले भनेका छन्,”अहिलेको अवस्थामा जो जहाँ जहाँ हुनुहुन्छ, तपाईहरु त्यहीँ बस्ने हो । तर, अहिले नेपाल फिर्ता ल्याएर राख्न सकिँदैन् । भारतबाट आएकाहरुलाई पनि ल्याउन सकिँदैन् । उनीहरुपनि त्यहीँ बस्नुपर्छ ।”
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


