प्रधानमन्त्री ओलीले देशवासीको नाममा फेरि सम्बोधन गर्ने
काठमाडौं, २१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा पूनः सम्बोधन गरेर सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि चालेको कदमबारे जानकारी गराउने भएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीले छिट्टै कोरोनाबारे सरकारले चालेको कदम र आगामी रणनीति सार्वजनिक गर्न देशवासीको नाममा सम्बोधन गर्ने तयारी भएको जानकारी दिए ।
त्यस्तै, उनले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउन सफल भएको बताएका छन् । आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।
उनले भनेका छन्,”सरकारले लगाएको यो लकडाउन सफल भयो । यो लम्बिन सक्छ । तर, खुकुलो हुँदैन् । उनकाअनुसार ईट्टाभट्टामा काम गर्ने, ठूला ठूला जलबिद्युत आयोजना, मेलम्ची खानेपानी आयोजनालगायतका केही महत्वपूर्ण परियोजनाहरु चलाउन दिईने तर अरु सबै बन्द गरिनेछ ।”उनले कोरोनाविरुद्ध लड्नको लागि लकडाउन उत्तम विकल्प भएकोले सरकारले यो कदम चालेको पनि स्पष्ट पारे ।
त्यस्तै, उनले विदेशमा रहेका नेपालीलाई तत्काल नेपाल ल्याउन नसकिनेपनि स्पष्ट पारे । उनले भनेका छन्,”अहिलेको अवस्थामा जो जहाँ जहाँ हुनुहुन्छ, तपाईहरु त्यहीँ बस्ने हो । तर, अहिले नेपाल फिर्ता ल्याएर राख्न सकिँदैन् । भारतबाट आएकाहरुलाई पनि ल्याउन सकिँदैन् । उनीहरुपनि त्यहीँ बस्नुपर्छ ।” file photo
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
