विश्वकै शक्तिराष्ट्र अमेरिका कोरोनासामू निरीह
काठमाण्डौ । नेपालमा अहिलेसम्म ६ जनामा कोरोना भेटिएको छ । तिमध्ये १ जना निको भइसकेका छन् भने ५ जनाको अवस्था सामान्य रहेको सरकारी अधिकारिहरुले जानकारि दिएका छन् ।
६ जना संक्रमित भएको नेपाल पुरै लक डाउन छ । जनता त्रसित भएर घरभित्रै बसेका छन् । सरकारले संक्रमण फैलिन नदिन प्रयास गरिरहेको छ । भलै प्रयास अझै पर्याप्त नभएको बताइन्छ ।
तर विश्वकै सबैभन्दा शक्तिहाली भनिने अमेरिकामा कोरोना संक्रमितको संख्या अन्य देशमाभन्दा बढि छ । र तीब्र गतिमा फैलिइरहेको छ । अमेरिकाको तथ्याङ्क देखेर अन्य देश डराइरहेका छन् ।
कोभिड–१९ को संक्रमणबाट अमेरिकामा ज्यान जानेको संख्या छ हजार ८ सय नाघेको छ । चीन, इटली, स्पेनपछिको कोरोनाको इपिसेन्टर बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा ७३३ संक्रमितको ज्यान गएको छ ।
तर पनि अमेरिकी सरकारलेे मुलुक लक डाउन गरेको छैन । केवल कोरोना परीक्षणलाई तीब्र बनाएको छ । यसका साथै अमेरिकी वैज्ञानिकहरुले कोरोनाविरुद्दको अौषधि वा खोपको आविष्कार गर्ने प्रयास गरिरहेका छन् । वैज्ञानिकहरुको रातदिनको प्रयास सफल हुन सकेको छैन ।
हरेक पक्षमा शक्तिशाली र सक्षम ठानिने अमेरिकाले कोरोना नियन्त्रणका लागि कुनै चमत्कार गर्छ कि भनेर विश्व समुदाय नै प्रतीक्षा गरिरहेको छ । तर अमेरिका भने आफ्नै देशका नागरिक जोगाउन सकिरहेको छैन ।
बरु त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्प विचारै नगरी विवादास्पद अभिव्यक्ति दिइरहेका छन् । वास्तवमै कोरोना नियन्त्रणको असफल प्रयासले अमेरिकालगायत आफुलाई शक्तिशाली र सक्षम भन्ने राष्ट्रहरु निरीह देखिएका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
