नझुक्किनुहोस् ! साँवा र ब्याज दुवैमा छुट
काठमाडौं, २४ चैत्र । नेपाल राष्ट्र बैंकले कारोनाको मारमा परेका बैंक, व्यवसायी तथा ऋणीहरुलाई राहत दिन ल्याएको प्याकेजमा व्यवसायी तथा ऋणीहरु झुक्किएका छन्।
कतिपय व्यवसायीहरुले इएमआइहरुको लागि मात्रै छुट दिने हो कि अन्य खालका सबै ऋणीहरुको लागि छुट दिने प्रष्ट नभएको बताउदै आएका छन् भने कतिपयले सावाँको लागि मात्र ३ महिना समय थप भएको हो कि ब्याजमा पनि समय थप भएको हो सो प्रष्ट नभएको बताएका छन्।
यसबारे नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले प्रष्ट पारेका छन्। अहिले व्यवसायीहरुमा भएको भ्रमलाई प्रष्ट पार्दै भट्टले राष्ट्र बैंकले ऋणको सावाँ र ब्याज दुबैमा छुट दिन निर्देशन दिएको बताएका छन्। राष्ट्र बैंकले दिएको निर्देशनमा किस्ता मात्र उल्लेख भएपनि त्यसले साँवा र ब्याज दुबैलाई समेट्ने उनको भनाई छ।
बैंकरहरुले पनि उक्त निर्देशनले सावाँ र ब्याज दुबैलाई समेट्ने बताएका छन्। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहका अनुसार किस्ता भनेको ब्याज र सावाँ दुबै समेटिन्छन्। ‘जसले समयमा नै तिर्छ उसले ब्याजमा १० प्रतिशत छुट पाँउछ तिर्न नसक्नेको लागि भने सावाँ र ब्याज दुइटै ३ महिनाको लागि स्थगित हुने हो’, शाहले भने।
‘२०७६ चैत महिनामा असुल गर्नुपर्ने मासिक/ त्रैमासिक किस्ताहरुको (क्रेडिट कार्डसमेत) भुक्तानी २०७७ असार मसान्तसम्ममा हुने व्यवस्था मिलाउनुपर्नेछ’ राष्ट्र बैंकले चैत १६ गते बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशनको ५ नं बुदामा भनिएको छ।
उक्त निर्देशनमा राष्ट्र बैंकले सावाँ र ब्याज उल्लेख नगरी किस्ता मात्र उल्लेख गर्दा ऋणीहरु अन्योलमा परेका हुन्।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पनि राष्ट्र बैंकले उल्लेख गरेको किस्तालाई सावाँ र ब्याज दुइटै बुझ्नुपर्ने बताउछन्। असरमा तिर्दा दोहोरो पर्ने भएकाले ब्याज तिर्न सक्नेहरुले अहिले नै तिर्दा राम्रो हुने उनले बताए।
त्यसैगरी, एनएबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले पनि राष्ट्र बैंकले दिएको निर्देशनमा सावाँ र ब्याज दुबै पर्ने बताएका छन्।
अर्कोतर्फ इएमआइएको लागि मात्र छुट दिने कि अन्य सबै प्रकारका ऋणीहरुलाई छुट दिने प्रष्ट नभएको व्यवसायीहरुको भनाइ थियो। त्यसमा पनि राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले सबै प्रकारका ऋणीहरुलाई छुट दिने व्यवस्था गरिएको प्रष्ट पारेका छन्।-मेरो लगानीबाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
