नेपालका एकमात्र अर्बपति बिनोद चौधरी विश्वका धनीको १५१३ औं नम्बरमा
जानकारी केन्द्र
२०७६, चैत्र, २६
काठमाडौं, २५ चैत्र । विश्वका सर्वाधिक धनीको सूची आज सार्वजनिक भएको छ । सन् २०२० को सर्वाधिक धनीको सूचीमा नेपालका बिनोद चौधरी फेरि परेका छन् । उनी फोर्बसले हरेक वर्ष सार्वजनिक गर्दै आएको अर्बपतिको सूचीमा पर्ने एकमात्र नेपाली हुन् ।
बिनोद चौधरी १५१३ नम्बरमा परेका छन् । उनको कुल सम्पत्ति एक अर्ब ४० करोड डलर रहेको फोर्बसले जनाएको छ ।
चौधरीले विभिन्न क्षेत्रमा काम गर्दै आएको उल्लेख छ । उनको विश्वका विभिन्न देशमा होटलका अलावा चाउचाउलगायतका उत्पादनहरु रहेको छ । चौधरी ग्रुप नेपालभित्र मात्र नभई दक्षिण एशिया र त्योभन्दा बाहिर पनि लोकप्रीय ब्रान्ड हो ।
चौधरीले देशभित्र र बाहिर हजारौंलाई रोजगार दिएका छन् । उनी राजनीतिमा पनि सक्रिय छन् । ६४ वर्षीय उनलाई आर्थिक मामलामा कला र बुद्धि दुवै भएको मानिन्छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

