• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

३ दिन देखि काठमाडौबाट पैदल हिडेर आएका मजुदरलाई पत्रकार महासंघ र उवासंघले गर्यो उद्दार !

नत ठेकेदारले पैशा दिए नत प्रशासनले पास । बेखर्ची भएर घर जान पैदल हिड्यौं’

नवलपरासी पश्चिम , २१ चैत ः काठमाण्डौंबाट घर जानका लागि पैदल हिडेर आएका बाँकेका २९ जना मजुदरहरुलाई नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी र उद्योग वाणिज्य संघ परासीले उद्दार गरेर गन्तव्यमा पठाएको छ । काठमाण्डौंबाट ३ दिनअघि पैदल हिडेर शुक्रबार पश्चिम नवलपरासीको भूमहीमा पुगेका उनीहरुलाई यी दुई संस्थाले उद्दार गरेर घर पठाएका हुन् ।

३ दिनको पैदल यात्राका कारण सबै मजुदरका खुट्टा सुनिएका थिए । भोक र प्यासले उनीहरुको अनुहार मलिन थियो । समाचार संकलनका क्रममा बर्दघाटको टिसिएन चोकमा पुगेका पंक्तिकार ( पत्रकार महासंघका अध्यक्ष ) हरि शर्माले उनीहरुको दयनिय अवस्था देखेपछि उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीसँग समन्वय गरेका थिए ।

मजुदरहरुको बारेमा यी दुवै संस्थाले प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी उपरीक्षक लालमणि आचार्यलाई जानकारी गराएपछि प्रशासनले उनीहरुको सवारीसाधनका लागि पासको व्यवस्था मिलाएका थिए । उनीहरुलाई प्रहरीले भूमहीमा बिस्कुट र पानी समेत खुवाएको थियो ।

उवासंघले बसको व्यवस्था मिलाएपछि शुक्रबार साँझ उनीहरु बाँके गएका हुन् । २९ जनाको समुहमा महिलासँगै किशोर मजुदरसमेत थिए । पैसा पाएर घर जाने आशमा रहेका उनीहरुलाई ठेकेदारले पैशा नदिएपछि उनीहरु बेखर्चीजस्तै पैदल हिडेका थिए । बाँकेको राप्ती सुनारी घर भएका उनीहरु काठमाण्डौं टोखा नगरपालिका–२ पञ्चेतारामा पल्टिङ्ग गर्ने मजदुर हुन । सबै जना थारु समुदायका हुन् । उनीहरु टोखामा पर्खाल (वाल) लगाउने काम गर्दै आएका थिए । पटक पटक रकम माग्दा पनि राकेश राई नाम गरेका ठेकेदारले नदिएपछि खल्तीमा भएको केही पैशा लिएर घर हिडेको शिवराज थारुले बताए । घर जानका लागि टोखा नगरपालिकाका कार्यबहाक अध्यक्ष हेराकाजी महर्जनले सवारीसाधनको अनुमति दिएका थिए ।

तर काठमाण्डौं प्रहरीले उक्त पास अमान्य भन्दै प्रशासनको पास मागेर गाडी फर्काएको थियो । प्रहरीको लाठी खाँदै २ दिन पासका लागि काठमाण्डौं प्रशासनमा पुगेपनि नपाएको उनीहरुले गुनासो गरे । ३ दिनसम्म अन्न खान नपाएका उनीहरुले चिउरा र दालमोठले भोक मेटाएका थिए । काठमाण्डौंमा बस्दा पानीको समेत हाहाकार भएपछि कति दिन उनीहरुले खाल्डोमा पानी जम्मा गरेर खाएको तितो अनुभव सुनाए ।

लकडाउन खुल्ने संकेत नदेखिनु र ठेकेदारसमेत सम्पर्क बिहिन भएपछि बेखर्ची भएर घर हिडेको अर्का मजुदर रोशन चौधरीले बताए । ३ दिनको अवधिमा उनीहरुले करिब २ सय ४० कि.मिको पैदल दुरी पार गरेका थिए । घर जान थप २ सय ९५ कि.मि. हिड्नु पर्ने थियो । सवारीसाधनको व्यवस्था हुन नसकेको भए उनीहरु घर पुग्न अझै ४ दिन लाग्ने थियो । घर जान पाएपछि उनीहरुले पत्रकार महासंघ, उद्योग वाणिज्य संघ र प्रहरी प्रशासनलाई हात हल्लाएर धन्यवाद दिदैं बस चढेका थिए । बाटोमा आफूहरु जस्तै थुपै्र सर्वसाधारण पैदल हिडेर घरतर्फ जादै गरेको उनीहरुले बताए । सरकारले मजदुरी गरेर खानेलाई बसेकै स्थानमा खानाको व्यवस्था गर्न र नसके घर जान व्यवस्था मिलाउनु पर्ने उनीहरुको माग छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.