२५ वर्षीय युवतीको कोरोना आइसोलेसन वार्डमा बलात्कार
एजेन्सी २९ चैत : भारतमा कोरोना संक्रमित भनि राखिएको २५ वर्षीय युवतीको कोरोना भाइरसका आइसोलेसन वार्डमा बलात्कार भएको छ । उनी गर्भवती थिइन्, उनको शरीरबाट अत्याधिक रगत बगेको कारण भारतको गया जील्लाको अनुराग नारायण महत अस्पतालमा गर्भपतन गराउन गएकी क्रममा उनमा कोरोनाको संक्रमण देखिएको बताइएको थियो ।
कोरोना संक्रमण देखापर्दा युवतीलाई आइसोलेसन वार्डमा राखिएको थियो । अस्पतालमा उनलाई केही दिन राखिएको र केही परिक्षण पश्चात युवतीमा कोरोनाको संक्रमण नभएको भन्दै उनलाई डिस्चार्ज गरिएको थियो ।तर, डिस्चार्ज भएतापनि उनको रगत बग्ने क्रम भने जारी नै रह्यो र उनको अत्याधिक रगत बगेको कारण ६ अप्रिलको मूत्यु भयो ।
मृत्युको अन्तिम क्षणमा उनले आफूमाथि चिकित्सकले बलात्कार गरेका भन्दै आरोप लगाइन् । उनको बयानलाई मध्येनजर राखि गया प्रहरीले अनुसन्धान गर्न थाल्यो । अनुसन्धानको क्रममा प्रहरीले अस्पतालको सीसीटिभी फूटेज नियन्त्रणमा लियो । उक्त फूटेजमा दुई जना मानिस चिकित्सकको पोशााक लगाई युवती रहेको आइसोलेसन वार्डमा पसेर युवतीको बलात्कार गरेको देखापरेको जनाइएको छ । ती दुवै आरोपीलाई प्रहरीले हिरासतमा लिएको छ । अनुसन्धानको क्रम भने जारी रहेको जनाइएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
