कोभिड १९ महामारीका बिच अस्पतालहरुमा हुनसक्ने रगतको अभावलाई ध्यानमा राख्दै ललितपुर महानगरपालिका वडा नंबर २५ का युवाहरुले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । वैशाख ८ गते सम्पन्न उक्त रक्तदान कार्यक्रममा ५० जना दाताहरु द्वारा रक्तदान गरेको बताईएको छ ।
ल.पु.म.न.पा. २५ मा कालिका मन्दिर प्राङ्गणमा गरिएको उक्त कार्यक्रममा कालिका गुठी धर्म सँस्था समितिको पनि सहयोग रहेको थियो । विद्यमान महामारीलाई मध्यनजर गर्दै कार्यक्रममा सामाजिक दुरी कायाम राख्ने, विशेष सरसफाई गर्ने, स्यानिटाइजर, पन्जा, मास्क चाहिँदो मात्रामा उपलब्ध गराई रगत दान गर्नेको विदेश भ्रमण र स्वास्थ्य स्थितिको सोधपुछ गरि आवश्यक जाँचपडताल पछि मात्र रगत संकलन गरिएको कार्यक्रम आयोजक युवाहरुका तर्फबाट रुपक रिसालले जानकारी दिए ।
यस बन्दाबन्दिको स्थितिमा नियमित भइरहने रक्तदान कार्यक्रम त्यति नहुने, अस्पताल धाएर रगत दान गर्न पनि नसकिने र आकस्मिक रुपमा रक्तदान गर्न जान पनि यात्रागत कठिनाई हुने हुनाले यस्तो अवस्थामा गरिएको रक्तदानले झन ठूलो महत्व राख्ने सहभागी हुन आउनेले वताएका छन ।





