बन्दा बन्दी का बीच रगत को संकट टार्न ललितपुर वडा नं २५ मा रक्तदान
कोभिड १९ महामारीका बिच अस्पतालहरुमा हुनसक्ने रगतको अभावलाई ध्यानमा राख्दै ललितपुर महानगरपालिका वडा नंबर २५ का युवाहरुले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । वैशाख ८ गते सम्पन्न उक्त रक्तदान कार्यक्रममा ५० जना दाताहरु द्वारा रक्तदान गरेको बताईएको छ ।
ल.पु.म.न.पा. २५ मा कालिका मन्दिर प्राङ्गणमा गरिएको उक्त कार्यक्रममा कालिका गुठी धर्म सँस्था समितिको पनि सहयोग रहेको थियो । विद्यमान महामारीलाई मध्यनजर गर्दै कार्यक्रममा सामाजिक दुरी कायाम राख्ने, विशेष सरसफाई गर्ने, स्यानिटाइजर, पन्जा, मास्क चाहिँदो मात्रामा उपलब्ध गराई रगत दान गर्नेको विदेश भ्रमण र स्वास्थ्य स्थितिको सोधपुछ गरि आवश्यक जाँचपडताल पछि मात्र रगत संकलन गरिएको कार्यक्रम आयोजक युवाहरुका तर्फबाट रुपक रिसालले जानकारी दिए ।
यस बन्दाबन्दिको स्थितिमा नियमित भइरहने रक्तदान कार्यक्रम त्यति नहुने, अस्पताल धाएर रगत दान गर्न पनि नसकिने र आकस्मिक रुपमा रक्तदान गर्न जान पनि यात्रागत कठिनाई हुने हुनाले यस्तो अवस्थामा गरिएको रक्तदानले झन ठूलो महत्व राख्ने सहभागी हुन आउनेले वताएका छन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
