Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

मलेसियामा रहेका नेपालीहरुलाई दुतावासको अत्यन्त जरुरी सूचना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, जेष्ठ, १३
मलेसियामा रहेका नेपालीहरुलाई दुतावासको अत्यन्त जरुरी सूचना

जेठ १०, काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका नेपालीहरु स्वदेश फर्कन चाहेमा आफ्नो विवरण उपलब्ध गराउन मलेसियास्थित नेपाली दुतावासले अनुरोध गरेको छ ।

मलेसियामा रहेका नेपाली नागरिकहरु तत्काल नेपाल फर्कनु पर्ने अवस्था भएमा आफ्नो विवरण संकलन फारम अंग्रेजीमा भर्न दुतावासले अनुरोध गरेको हो । यो फारम पहिले भरिसकेकाहरुले पुनः नभर्न दुतावासले अनुरोध गरेको छ । विवरण प्रदान गर्न फारमको यो लिङ्कमा क्लिक गर्नुहोस ।

दूतावासका अनुसार मलेसियामा ५५ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको छ । सरकारले अन्तराष्ट्रिय उडान बन्द गरेका कारण समस्यामा परेका नेपालीहरु विभिन्न देशबाट स्वदेश फर्कन पाएका छैनन् । विदेशमा समस्यामा परेकाहरुलाई नेपाल फर्कन अन्तिम तयारी गरेको छ, तर कहिलेबाट नेपाल फर्काउने निर्णय गरिसकेको छैन ।

Top Changing Nepal

युट्युब सट्स