नेपालमै पङ्गास माछाको भुरा उत्पादन शुरु
कपिलवस्तु। पङ्गास (बैखी) जातको माछाको भुरा उत्पादनकार्य सफल भएको छ । कपिलवस्तुको शिवराज–२ मा रहेको खान एकीकृत मत्स्य फार्म तथा ह्याचरीले नेपालमा पहिलोपटक सो जातका भुरा उत्पादन गरेको हो । नेपालमा सर्वाधिक माग रहेको ती जातका भुरा उत्पादन नहुँदा भारत र बङगलादेशबाट आयात हुँदै आएको थियो ।
पहिलो पटकमा पाँचरछ लाख भुरा उत्पादन भएको सो ह्याचरीका सञ्चालक फरहान अकबाल खाँनले जानकारी दिनुभयो । माछा उत्पादक ह्याचरी व्यवसायीले धैरेपटक प्रयास गर्दासमेत सफलता हासिल गर्न नसकेपछि बङ्गलादेशबाट चिकित्सक झिकाइ उत्पादन गरिएको उहाँ बताउनुभयो ।
भारत र बङ्गलादेशबाट ल्याइने एक किलो माछाको भुरामा एक हजार ३०० हुन्छ भने नेपालमै उत्पादन गरेको भुरा एक किलोमा ८०० हुन्छ । बङ्गलादेशका माछा चिकित्सक सपनले छ महिनाको मेहेनतले ह्याचरीमा भुरा उत्पादन भएको जानकारी दिनुभयो ।
नेपालमा सिलभर, विगहट, कामन, ग्रास, रोहुु, नैनी जातको भुरा उत्पादन हुँदैं आए पनि सो जातको माछाका भुरा पहिलोपटक छ लाख तयार हुने चिकित्सक सपनले बताउनुभयो । बजारको मागअनुसार अरु भुरा उत्पादन गरिने उहाँले जानकारी दिनुभयो ।
अत्यधिक खपत हुने माछाका भुरा यहाँ उत्पादन नहुँदा वार्षिकरूपमा नेपालबाट करिब पाँच करोडको भुरा भारत र बङ्गलादेशबाट आयात हुँदै आएको थियो । खानामा स्वादिलो, कडा नहुने, कम समयमा उत्पादन हुने, जाडोमा समेत उत्पादन गर्न सकिने र करिब सात महिनामा एक किलोको हुने भएकाले सो जातका माछाको माग बढेको बताइएको छ ।
पङ्गास माछा :
यो जातको माछाको शरीर लामो, कत्लाविहीन हुन्छ । टाउको केही सानो, मुख चौडा र गिजामा स–साना तिखा दाँत हुन्छन् । आँखा केही ठूलो, ओठमा दुई जोडी जुङ्गा, पखेटा केही खैरा हुन्छन् ।
ल्याटरल लाइनसँगै माछा सानो छँदा कालो धर्सा र ठूलो भएपछि सेता लामा धर्सा देखिन्छन् । पङ्गास माछाको प्रमुख आहारा भनेको प्लेटदाना हो । यसलाई शारीरिक तौलको आधारमा दुई–तीन किलोका दरले दैनिकरूपमा दाना दिनुपर्छ ।
पङ्गासियसका माछाको पालन प्रविधि एक जातीय माछापालन मनोकल्चरको रूपमा गरिन्छ । प्रोटिन भएको प्लेटदाना र अन्य व्यवस्थापन राम्रो मिलाउन सक्दा करिब सात महिनाको अवधिमा बिक्रीयोग्य साइज एकदेखि सवा किलोको माछा बनाउन सकिने बताइएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
