युएईको दुबईबाट नेपाल एयरलाइन्सको दुई उडान, आबुधाबीबाट हिमालयनको दुई उडान (सूचना सहित)
काठमाडौँ | विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीको कारण युएईमै रोकिएका नेपालीहरुलाई स्वदेश फिर्ता गराउने सम्बन्धमा युएई स्थित नेपाली दुतावासले सूचना जारी गरेको छ । जारी सूचना अनुसार असार २, ४, ६ र ९ गते चार उडान मार्फत पहिलो चरणमा नेपालीहरुलाई स्वदेश फिर्ता ल्याइने भएको छ ।
दुतावासले युएईमा रोकिएर स्वदेश जान नपाएका नेपालीहरुलाई प्राथमिकताको आधारमा फर्काउन लागेको जानकारी दिँदै नेपाल एएरलाइन्सको जहाजले दुबईबाट असार २ र ४ गते दुई उडान गर्ने जनाएको छ । त्यसपछि असार ६ र ९ गते हिमालयन एएरलाइन्सको जहाजले आबुधाबीबाट उडान गर्नेछ ।
दुतावासले प्राथमिकतामा परेका नेपालीहरुले टिकट खरिद नगरे पछिल्ला क्रममा परेकाहरुले टिकट खरीद गर्ने मौका पाउने समेत जनाएको छ ।
यूएईमा समस्यामापरी नेपाल आउन चाहनेहरुले विदेशबाट आउँदाको हवाई शुल्कदेखि क्वारेन्टाइन खर्च समेत आफैले व्यहोर्नुपर्ने नीति लिएको छ । उडानमा प्राथमिकतामा परेकाहरुले प्रतिव्यक्ति ५०० अमेरिकी डलर (लगभग १८३६ दिराम) का दरले टिकट खरिद गर्नुपर्ने भएको छ । सरकारले प्राथमिकता निर्धारण गरेर स्वदेश फिर्ता लैजाने नागरिकलाई झन्डै तेब्बर हवाई भाडामा लैजान शुल्क निर्धारण गरेपछि समस्यामा परेकाहरुले सरकारको चर्को आलोचना गरेका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा




