कोरोना पाठ : २० वर्ष बाँझो रहेको जग्गामा सामूहिक आलुखेती
स्याङ्जा। २० बर्षबाट बाँझो रहेको जग्गामा सामुहीक आलुखेति शुरु गरिएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिकाले सत प्रतिशत अनुदानमा विउ, मल, औषधी, प्राविधिक सहयोग दिएपछि किसानहरु बाँझो जग्गालाई हराभरा बनाउन स्थानिय जुटेका हुन् ।
कुनै बेला आँधीखोला गाउँपालिकाको भक्किम्ले आलुले चिनाएको पहिचानलाई पुनः आलुखेती मार्फत स्थानीयले पुरानै विरासत फर्काउने प्रयास गरेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुभयो ।
२० वर्ष पहिलो परम्परागत रुपमा आलुखेती गरिने ठाउँमा युवाहरु वैदेशिक रोजगारीका लागी पलायन भएपछि त्यहाँका स्थानीयले आलुखेती गर्न छाडेका थिए र जग्गा बाँझो भएको थियो । गाउँपालिकाको सत प्रतिशत अनुदानमा अहिले भक्किम्ले, दत्तेलोटे, त्रिवेणी लगायतका स्थानीय ५४ घर परिवारले दत्तेलोटेमा सामुहीक खेतिमा जुटेको स्थानिय कृषक नारायण पौडेलले बताउनुभयो ।
पहिलो चरणमा बाँझो रहेको २५० रोपनी खेती गरेको तथा बाँझो जग्गामा मा आलु खेती गर्न पालिकाले चार हजार पाचँ सय केजी आलुको विउ कृषलाइ उपलब्ध गराएको पौडेलले जानकारी दिनुभयो । माटो परीक्षण गरेर माटो सुहाउने भएपछि पालिकाले आलुको विउ, आवश्यक सिप, प्राविधिक सहयोग दिएपछि आफुहरु आलुखेतीमा जुटेको पौडेलको भनाई छ ।
कृषि उपजको बजारीकरण र ढुवानीको लागि पालिकाले व्यवस्था गरिदिने भएपछि किसानको बाँझो जग्गामा आलुले ढकमम्क भएको कृषक मणिरत्न पौडेलले बताउनुभयो । सामुहिक रुपमा आलु खेती सुरु भएसंगै आफुहरुका खुसीका दिन आएको बताउदँै पौडेलले रोजगारको लागी गाँउदेखि बजार झर्नेको सख्यामा बृद्ध भएसंगै गाँउनै खाली हुने अवस्थाको अन्त्य गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
आलु खेतीले गाँउको विरासत पुन फर्केने रोजगारका लागी बजार पसेका युवाहरु पनि गाँउ फर्केनेमा कृषक पौडेलले आशा राख्नुभयो । यहाँका एक जना कृषकले २५ केजी देखि तिन सय केजी सम्म बर्खे आलु दुई रोपनी देखि २५ रोपनी सम्म आलु रोपेका छन् ।
बेसिजनमा रोपेको आलु मिठो र राम्रो हुने तथा मुनाफा आर्जनको हिसाबले पनि राम्रो रहेको उपाध्यक्ष शर्मिला पौडेलले बताउनुभयो । उहाँले हरेक बर्ष उत्पादनको क्षेत्र बढाई जिल्लाकै आलुखेतीको नमुनागाउँ बनाउने गाउँपालिकाको सोच रहेको बताउनुभयो ।
स्रोत : गोरखापत्र
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
