सरकारद्वारा कोरोना नियन्त्रणमा ८ अर्ब ३९ करोड खर्च, हेर्नुहोस् खर्च विवरण
काठमाडौँ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा झण्डै साढे ८ अर्ब रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीले हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको जनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
संघीय सरकारले ४ अर्ब १० करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ । यसबाट स्वास्थ्य सामग्री खरिदमा ३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार, क्वरेन्टिनमा १३ करोड ५५ लाख १८ हजार र अन्यमा ४० करोड १५ लाख रुपैयाँ खर्च भएको छ ।
यस्तै सात वटै प्रदेश सरकारले १ अर्ब ३० करोड ४ लाख रुपैयाँ खर्च भएको र ७ सय ५३ वटा पालिकाहरुले २ अर्ब ९८ करोड ५१ लाख १४ हजार रुपैयाँ खर्च गरेका छन् । यो खर्च सिसिएमसीको निर्देशक समितिको निर्णय अनुसार सार्वजनिक भएको पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।
यस्तै कोरोना कोषमा ४ अर्ब ८३ करोड २७ लाख १५ हजार रुपैयाँ जम्मा भएको छ ।

सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

